बिहीबार, बैशाख ३,२०८३ 09:35:49
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 09:35:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन रि र नेपाल इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

Bizshala
हिमालयन रि र नेपाल इन्स्योरेन्स बाहेक सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०४ वटा कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज हाइड्रो समूह बाहेक सबै समूहमा हरियाली छाएको छ ।  

बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.८४ प्रतिशत र निर्जीवन बीमा समूह १.३४ प्रतिशतले बृद्धि भएका छन् ।  

बीमा कम्पनीहरुमध्ये आज हिमालयन रि इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको मात्रै सेयरभाउ घटेको छ भने बाँकी सबै कम्पनीको सेयरभाउ बढेको छ । हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ ०.६४ प्रतिशतले घटेर ६२० रुपैयाँ र नेपाल इन्स्योरेन्सको ०.२५ प्रतिशतले घटेर ८४७ रुपैयाँ ९० पैसा कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्ने बीमा कम्पनीमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.३२ प्रतिशतले वृद्धि भई ४८६.२० रुपैयाँ पुगेको छ । यसका साथै एलआइसी नेपालको ३.३९ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.२१ प्रतिशत र युनाइटेड अजोडको ३.१७ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, हिमालयन एभरेष्टको २.७८ प्रतिशत, सानिमा जिआइसीको २.६८ प्रतिशत, सिटिजन लाइफको २.४८ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.१५ प्रतिशत, सलिकोको २.१२ प्रतिशत, आइएमई लाइफको २.१० प्रतिशत, रिलायबल नेपाल लाइफको १.६९ प्रतिशत, हिमालयन लाइफको १.५३ प्रतिशत, एशियन लाइफको १.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.३८ प्रतिशत, नेशनल लाइफको १.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.१४ प्रतिशत, शिखरको ०.९९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९४ प्रतिशत, सन नेपाल लाइफको ०.८५ प्रतिशत, एनएलजीको ०.७६ प्रतिशत, आरबीसीएलको ०.६४ प्रतिशत, नेपाल रि को ०.४० प्रतिशत, नेकोका ०.३६ प्रतिशत र नेपाल लाइफको ०.३४ प्रतिशतले बढेको छ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.