सोमबार, कार्तिक २,२०८३ 04:35:55
  • सोमबार, कार्तिक २,२०८३ 04:35:55
Global IME Bank Limited

लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’

Bizshala
लगातार ३ दिन सामान्य अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘भोल्युम बढ्दै जानु सकारात्मक’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ५९१.५६ विन्दुमा पुगेको छ ।

यससँगै बजार लगाता्र ३ दिन सामान्य अंकले बढेको छ । गत बुधबार नेप्से परिसूचक ५.१० र बिहिबार ४.६३ प्रतिशतले बढेको थियो । 

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले घटेर ४४२.८९ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ९३ लाख ८६ हजार ७२१ कित्ता सेयर ४ अर्ब ८६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार विष्णु भुसाल भन्छन्,  ‘आज पनि बजारमा पुस मसान्तको दबाब देखिएको छ । पछिल्लो समय बजारले गति लिन नसक्नुमा लगानीकर्ताको मनोबल कमजोर हुनु मुख्य कारण हो । विस्तारै भोल्युम बढ्दै जादा र लगानीकर्ताको मनबोल पनि बढ्दै जादा बजारले पुनः गति लिन सक्छ ।’

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि बजारको गिरावटलाई पुस मसान्तको दबाबको रुपमा व्याख्या गरे । यद्यपी विगत ३ कारोबारदेखि बजारमा भोल्युम बढ्दै जाुन भने सकारात्मक पक्ष भएको उनले बताए । ‘केही दिनमा बजारले यसैलाई न्यून विन्दु बनाएर माथिको यात्रा गर्नेछ र अब घट्ने क्रम पनि रोकिने छ,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज हाईड्रोपावर समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह ०.०२, होटल ०.६०, लगानी ०.३९,जीवन बीमा ०.२७,निर्जीवन बीमा ०.०४,अन्य ०.१० र व्यापार समूह १.१४ प्रतिशतले बढ्यो ।  

वित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूहमा आज १.०४ प्रतिशतको गिरावट देखियो । बैंकिङ समूह पनि आज ०.५५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त ०.१४ र म्युचुअल फण्ड समूह ०.७४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ९ लाख बढीको कारोबार भयो । रिभर फल्स पावरको आज १७ करोड ३६ लाख,रसुवागढी हाईड्रोपावरको १२ करोड ७९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड ७९ लाख र नेपाल फाइनान्सको ११ करोड ४९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त,दोर्दीखोला जलविद्युत र ग्रिन भेन्चरको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यस्तै आज दोल्ती पावरको सेयरमूल्य ९.४४ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.२४ प्रतिशतले बढ्यो ।  

नारायाणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ८.८८ प्रतिशतले घट्यो । आत्मनिर्भर लघुवित्तको सेयरमूल्य पनि आज ६.८५ प्रतिशत,जानकी फाइनान्सको ६.३९ र नेपाल फाइनान्सको सेयरमूल्य ५.५३ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.