बिहीबार, आश्विन ८,२०८३ 04:41:55
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 04:41:55
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, ‘बिग मनी’ नआउँदा बजार सुस्त; चाडपर्वपछि स्विङको अपेक्षा

Bizshala
नेप्सेमा सामान्य सुधार, ‘बिग मनी’ नआउँदा बजार सुस्त; चाडपर्वपछि स्विङको अपेक्षा
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३५६ कम्पनीको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज निर्जीवन बीमा समूहबाहेकका सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक उत्पादन तथा प्रशोधन समूह १.८३ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक समूह ०.०१ प्रतिशत, फाइनान्स समूह ०.१० प्रतिशत, होटल तथा पर्यटन समूह ०.१३ प्रतिशत, हाइड्रो समूह ०.१३ प्रतिशत, लगानी समूह ०.०८ प्रतिशत, जीवन बीमा समूह ०.७० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.४२ प्रतिशत, व्यापार समूह ०.९७ प्रतिशत र अन्य समूह ०.०४ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह भने ०.३३ प्रतिशतले घटेको छ ।  

बजार जानकार उपेन्द्र पाठक आजको कारोबारलाई सामान्य उतारचढावका रूपमा लिन्छन्। बजारमा पछिल्लो समय ठूलो परिमाणको लगानी अर्थात् ‘बिग मनी’को अभाव देखिएको उनको विश्लेषण छ।

उनले भने, ‘बजारमा सामान्य अंकको उतारचढाव देखिएको छ। समग्र वातावरण सकारात्मक रहे पनि पछिल्लो समय बजारमा बिग मनीको अभाव छ। चाडपर्वको माहोल सुरु हुन लागेकाले त्यसको प्रभाव पनि कारोबारमा देखिन थालेको छ। त्यसैले दशैंअघि बजारमा ठूलो अंकको उतारचढाव हुने सम्भावना कम देखिन्छ।’

पूँजीबजार सुधारका लागि सरकारले अघि सारेको २१ बुँदे योजनाको कार्यान्वयनलाई भने पाठकले महत्वपूर्ण मानेका छन्।

‘२१ बुँदे योजनामध्ये चार–पाँचवटा महत्वपूर्ण बुँदा मात्रै प्रभावकारी रूपमा कार्यान्वयन भए पनि त्यसले बजारलाई केही हदसम्म माथि लैजान सक्छ,’ उनले भने, ‘सम्भवतः चाडपर्व सकिएपछि बजारमा एउटा राम्रो स्विङ देखिन सक्छ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउेन शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा नेपाल ल्युब आयल रहेको छ । यो कम्पनीको सेयरभाउ १२.४७ प्रतिशतले बढेर २७१.३० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सोपापुर मिनरल्स एण्ड आयलको ७.६५ प्रतिशत, कुमारी सबल योजनाको ७.५६ प्रतिशत, घोराही सिमेन्टको ७.०७ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ६.४७ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको ४.६७ प्रतिशत, स्नो रिभर्स लिमिटेडको ४.६५ प्रतिशत, पाल्पा सिमेनट कम्पनीको ३.६० प्रतिशत, त्रिशुली जलविद्युत कम्पनीको ३.०४ प्रतिशत र मुिक्तनाथ डिबेञ्चरको ३ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउनेमा भने मिड सोलु हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयरभाउ ११.५८ प्रतिशतले घटेर ५५० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, धौलागिरी लघुवित्तको १०.१९ प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डको ३.४७ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३.४३ प्रतिशत, ज्योति विकास बैंकको २.९९ प्रतिशत, लक्ष्मी उन्नती कोषको २.९७ प्रतिशत, मातृभूमि लघुवित्तको २.९१ प्रतिशत, मैलुङ खोला जलविद्युतको २.८६ प्रतिशत, एनसीसी डिबेञ्चरको २.८३ प्रतिशत र ग्लोबल आइएमई समुन्नत योजना–२ को २.८१ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.