बिहीबार, बैशाख ३१,२०८३ 07:11:31
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एलआइसी नेपालका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.९१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.९१ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज सानिमा रिलायन्स लाइफ र एनएलजी इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ भने बाँकी सबैको घटेको छ । 

Bizshala
New Office
CG Motors

सानिमा रिलायन्स लाइफको सेयरभाउ १.४७ प्रतिशतले बढेर ५६० रुपैयाँ १० पैसा पुगेको छ भने एनएलजी इन्स्योरेन्सको सेयरभाउ २.०६ प्रतिशतले बढेर १२४० रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ३.८१ प्रतिशतले घटेर २०१९ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सुर्यज्योति लाइफको ३.३४ प्रतिशत, नेपाल रि को ३.२८ प्रतिशत, युनाइटेड अजोडको ३.१२ प्रतिशत, आरबीसीएलको २.९६ प्रतिशत, शिखर इन्स्योरेन्सको २.९१ प्रतिशत, हिमालयन लाइफको २.३३ प्रतिशत, नेको इन्स्योरेन्सको २.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२२ प्रतिशत, रिलायबल नेपाल लाइफको २.२१ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.९५ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.८० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.८० प्रतिशत र नेपाल इन्स्योरेन्सको १.७४ प्रतिशतले सेयरभाउ घटेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै हिमालयन रि को १.७१ प्रतिशत, सानिमा जिआइसीको १.६४ प्रतिशत, आइएमई लाइफको १.६२ प्रतिशत, नेपाल लाइफको १.५० प्रतिशत, एशियन लाइफको १.१५ प्रतिशत, सिटिजन लाइफको १.०९ प्रतिशत, नेशनल लाइफको ०.८० प्रतिशत र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.७३ प्रतिशतले घटेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परेका छन् । सर्वाधिक सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

त्यस्तै, एनएलजी इन्स्योरेन्सको १८ करोड २४ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.