आईतवार, भाद्र २३,२०८१ 10:46:27
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:46:28
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’

Hyundai Nepal
नेप्सेमा सामान्य गिरावट,‘लगानीकर्ता अलमलमा पर्दा बढ्न सकेन बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार बढ्न सकेको छैन । सरकार र नियामक निकायले पूँजी बजारलाई प्राथमिकतामा नराख्दा बजारमा दबाव परेको छ । लगानीकर्ताले अहिलेको करलाई बजेटमार्फत नै अन्तिम कर हुने अपेक्षा गरेका थिए । तर त्यसो हुन सकेन र मौद्रिक नीति पनि आउन केहि समय लाग्ने भएका कारण लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सकेका छैनन् । ’

यद्यपी ४ अर्ब कारोबार हुनुले सेयर कर्नरिङ पनि भईरहेको हुन सक्ने आँकलन उनले गरे ।  

अर्का बजार जानकार सुवासचन्द्र ढुंगाना भन्छन्,‘लगानीकर्ताहरु दोधारमा हुँदा बजारले गति लिन सकेको छैन । ब्रोकरको पैसाबाट उधारो कारोबारमा बजार चलेपछि बजारले गति लिन सकेको छैन ।  

लगानीकर्ताहरु अहिले कम्पनीहरुको चौथो त्रैमासिक रिपोर्ट र मौद्रिक नीतिको प्रतिक्षामा रहेकाले यसपछि मात्रै लगानी सम्बन्धी रणनीति बनाउने तरखरमा लागेको र बजार २१ सयभन्दा माथि गएमा बजारले गति लिने ढुंगाना बताउँछन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटामा हरियाली छायो भने ८ वटामा रातो पोतियो र एउटा समूह अपरिवर्तित रह्यो । आज म्युचुअल फण्ड समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ४.९२ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज वित्त समूह ०.०९ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.४२ र लघुवित्त समूह १.३१ प्रतिशतले बढ्यो । आज लगानी समूहमा कुनै पनि परिवर्तन भएन ।

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

यो दिन बैंकिङ समूह ०.६६,विकास बैंक ०.३०,होटल ०.५६,हाईड्रो ०.६४,जीवन बीमा ०.५४,निर्जीवन बीमा समूह ०.२४,अन्य ०.६८ र व्यापार समूह १.०३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १९ करोड ३ लाख बढीको सेयर कारोबार भयो ।

त्यस्तै आज सिईडिबि हाईड्रोको १८ करोड ४३ लाख,सानिमा माई हाईड्रोको १६ करोड ९९ लाख र पोखरा फाइनान्सको १२ करोड ६ लाख बढीको सेयर कारोबार भयो ।    

धेरै कमाउने र गुमाउने कम्पनीहरु

आज भगवति हाईड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र माईखोला हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यो दिन विजय लघुवित्तको सेयरमूल्य ७.९० प्रतिशत,लक्ष्मी लघुवित्तको ७.६४ र नाडेप लघुवित्तको सेयरमूल्य ७.३२ प्रतिशतले बढ्यो ।

आज अपर लोहोरे खोला जलसविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ५.५१ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X