आईतवार, भाद्र २३,२०८१ 10:50:54
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:50:54
IME remit
Global IME Bank Limited

उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’

Hyundai Nepal
उछालसँगै नेप्से २१ सय विन्दुमाथि,‘नयाँ सत्ता सहकार्यलाई लगानीकर्ताको हरियो झण्डा’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उछाल आएको छ । आज नेप्से परिसूचक २.२९ प्रतिशत अर्थात ४७.०४ अंकले बढेर २ हजार १००.४३ विन्दुको उचाईमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.४७ प्रतिशतले बढेर ३७०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको १ करोड १६ लाख १७ हजार ६९० कित्ता सेयर ४ अर्ब ५६ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्,‘आजको बजारको वृद्धि स्वभाविक नै हो । देशमा स्थिर सरकारको आवश्यकता भएको अवस्थामा दुई ठूला राजनीतिक पार्टीको समीकरणले पूँजी बजारका लागि लाभदायक नै हुने देखिन्छ । यो समीकरणले पूर्णता पाएमा बजार ४–५ सय अंकमाथि जान सक्छ ।’

अर्का बजार जानकार प्रकाश रजौरेले पनि आजको विकसीत राजतिीतिक घटना क्रमले बजारमा उछाल आएको बताउछन् ।‘अब आउने राजनीतिक नेतृत्वले पूँजीबजारको सिन्डिकेट हटाउने छ र क्याप खोल्नेछ भन्ने विश्वासका साथ लगानीकर्ताको मनोबल बढ्दा नै आज बजार बढेको हो ।’

यस्तै उनले वियरिसको समयावधि पनि सकिएको बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । आज यो समूह ३.३० प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै आज बैंकिङ समूह ३.०३ प्रतिशत,विकास बैंक २.०१,वित्त २.११,होटल १.०९, हाईड्रो १.८०,लगानी २.३१,जीवन बीमा २.१७,लघुवित्त १.४५,म्युचुअल फण्ड ०.३६,निर्जीवन बीमा २.४३,अन्य १.७३ र व्यापार समूह ३.१२ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रकचरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १२ करोड ३३ लाख बढीको सेयर कारोबार भयो । साथै,आज गूडविल फाइनान्सको ११ करोड १० लाख,युनाइटेड इदी मर्दिको १० करोड ६९ लाख र हिमालयन रि इन्स्योरेन्स कम्पनीको १० करोड ५२ लाख बढीको सेयर कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज कुनै पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेन । आज हिमालयन डिष्टिलरी कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.५४ प्रतिशतले बढ्यो । समाज लघुवित्तको सेयरमूल्य आज ६.९६ प्रतिशत,गूडविल फाइनान्सको ५.७४ प्रतिशत,नेशनल हाईड्रोपावरको ५.५१ र प्रभु इन्स्योरेन्सको सेयरमूल्य ५.२३ प्रतिशतले बढ्यो ।  

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ६.४६ प्रतिशतले घट्यो । यस्तै आज हिमालयन उर्जा विकासको सेयरमूल्य ६.२१ प्रतिशत र विन्दबासिनी हाईड्रोपावरको सेयरमूल्य २.१७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X