IME remit
  • बुधबार, कार्तिक ५,२०८२ 04:25:32
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट, फाइनान्स समूहमा चमक

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको गिरावट, फाइनान्स समूहमा चमक
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१६ प्रतिशत अर्थात ४.४५ अंकले घटेर २ हजार ७११.४५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ४५६.०४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आजको बजारबारे नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भन्छिन्,  ‘आजको बजारको गिरावटलाई सामान्य करेक्सनको रुपमा लिन सकिन्छ । लगानीकर्ता अझै पनि मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा छन् । बजारलाई सकारात्मक प्रभाव पार्ने केही कुरा नआउँदा अहिले लगानीकर्ताको मनोबल पनि कमजोर देखिन्छ । ’

उनले लगानीकर्ताहरु यतिबेला पूँजी बजारमा सुधार आउने विषयमा व्यग्र प्रतिक्षामा रहेको र यसका लागि ठोस नीति आवश्यक भएको बताइन् ।  

अर्का बजार जानकार मुक्ति बहादुर खत्रीले पनि लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा रहेको बताए । ‘आजको घटाई बाबजुत बजार २७ सय विन्दुमाथि नै रहेकाले आत्तिनु पर्ने अवस्था भने बजारमा छैन । सबै कुरा सकारात्मक भएका माथि जानका लागि बजार अहिले बेस क्यापमा अडिएको जस्तो देखिन्छ’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । फाइनान्स समूहमा आज सर्वाधिक वृद्धि देखियो । यो समूह आज ५.६७ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.०४,म्युचुअल फण्ड ०.९०,निर्जीवन बीमा ०.१९ र अन्य समूह ०.२८ प्रतिशतले बढ्यो ।  

आज घटेका ८ वटा समूहमध्ये व्यापार समूह सर्वाधिक ओरालो लाग्यो । यो समूह आज १.४२ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत,विकास बैंक ०.९१,होटल ०.४८,लगानी ०.२४,जीवन बीमा ०.३१,उत्पादन तथा प्रशोधन ०.८१ र लघुवित्त ०.२६ प्रतिशतले घट्यो ।    

CG Motors
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ७६ लाख बढीको कारोबार भयो । हिमालयन पावर पार्टनरको आज २७ करोड १४ लाख,सिनर्जी पावरको २२ करोड २० लाख,ग्रिन डेभलपमेन्ट बैंकको २० करोड ९३ लाख र हिमालयन उर्जाको १९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज उपकार लघुवित्त,छ्याङदी हाईड्रोपावर,सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै समृद्धि फाइनान्सको सेयरमूल्य ९.४६ प्रतिशत,भूगोल इनर्जीको ९.०१,गृह्वेश्वरी मर्चेन्टको ८.०२ र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य ७.६२ प्रतिशतले बढ्यो ।  

यो दिन दुईवटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । मध्य भोटेकोशीको सेयरमूल्य पनि आज ५.६० प्रतिशत,न्यादी हाईड्रोको ५.५६ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.८२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.