IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 09:33:13
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको सुधार, ‘अल टाइम हाईको बाटोमा बजार’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको सुधार, ‘अल टाइम हाईको बाटोमा बजार’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३४.२९ अंकले बढेर २ हजार ९५७.७५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ५१९.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द विष्ट भन्छन्, ‘ बजारले इन्ट्रा डे करेक्सन गर्दै अल टाइम हाईको बाटोमा अघि बढेको देखिन्छ । पहिले राष्ट्र बैंकको नीतिको चेपुवामा परेको बजार अहिले भने सहज नीतिकै कारण उकालो लागेको छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

अन्यत्र लगानीको वातावरण नुहँदा सबै क्षेत्रबाट सेयर बजारमा लगानी आएको र विदेशमा रहेका नेपालीहरुले पनि पूँजी बजारमा लगानी भित्राएको विष्टले बताए । यसका साथै बजारमा जग्गा व्यापारी र नयाँ ब्रोकर पनि थपिएका कारण बजारले थप गति लिएको उनको ठम्याई छ ।  

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको विचारमा पनि अहिले सबैतिर लगानीमैत्री सरकार र वातावरणले पूँजी बजारमा उत्साह आएको छ । ‘छोटो समयमा राम्रो प्रतिफल पाउने भएपछि अन्य क्षेत्रका लगानीकर्ता पनि यो क्षेत्रमा प्रवेश गरेका छन् । यतिबेला सेयर बजारको चर्चा चुलिएका कारण आम सर्वसाधारणको पनि बजारप्रति अभिरुचि बढेको छ,’ उनले भनिन् ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज वित्त समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ७.६७ प्रतिशतले बढेर ३ हजार ९६९.९० विन्दुमा पुग्यो ।  

यस्तै आज विकास बैंक समूह बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ३.०७,वित्त ७.६७, होटल २.३७,हाईड्रो १.९१,लगानी २.४९,उत्पादन तथा प्रशोधन ०.६४,निर्जीवन बीमा ०.७४,अन्य ०.८३ र व्यापार समूह ०.३९ प्रतिशतले बढ्यो ।  

आज जीवन बीमा समूह ०.०८ प्रतिशत,लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८६ करोड ५८ लाख बढीको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्टको ८४ करोड २९ लाख,अपि पावरको ७५ करोड ५९ लाख,नेपाल फाइनान्सको ६१ करोड ६४ लाख र सानिमा माई हाईड्रोको ५८ करोड ३२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,समृद्धि फाइनान्स,प्राग्रेसिभ फाइनान्स,मातृभूमि लघुवित्त,एचआईडीसीएल,माउन्टेन हाईड्रो, हिमालयन हाईड्रो,इङ्वा हाईड्रो,अपर स्याङ्गे,गुडविल फाइनान्स, अपि पावर,मन्जुश्री फाइनान्स र थ्रिस्टार हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन मन्दाकिनी हाईड्रोको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । यस्तै विन्द्यावासिनी हाईड्रोको सेयरमूल्य ८.४१ प्रतिशत र मिड सोलु हाईड्रोको सेयरमूल्य ८.०७ प्रतिशतले घट्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.