आईतवार, भाद्र २३,२०८१ 10:44:33
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:44:33
IME remit
Global IME Bank Limited

गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘असारको डर देखाएर बजार घटाइदैं’

Hyundai Nepal
गिरावटका साथ साताको सुरुवात, जानकार भन्छन्, ‘असारको डर देखाएर बजार घटाइदैं’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १४.८३ अंकले घटेर २०३७.०९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले घटेर ३५८.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको ९१ लाख ७८ हजार ८९५ कित्ता सेयर ३ अर्ब ६० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘अहिले केहि राजनितीक अस्थिरता र असार मसान्तको दबावका कारण घटिहरेको छ । यो बेला ब्रोकरको सेटलमेन्ट पनि रहेको हुन्छ । त्यसैले सबैतर्फबाट बिक्री दबाव आउँदा बजार घट्न पुगेको छ ।’

रिजालले राष्ट्र बैंकको नीति केहि सहज आउने र बजारले विस्तारै लय लिने विश्वास व्यक्त गरे ।  

अर्थशास्त्री सूर्यानारायण पौडेलले असार मसान्तको डर देखाएर बजार घटाइएको बताउँछन् । ‘सामान्यतया बुलिस मार्केटमा पनि बजार घट्ने गरेको छ । यो बेला सकेसम्म सेयर खरिद गर्ने र माथि किनेकाले पनि एभरेजिङ गर्ने समय हो ,’ उनले भने ।  

पौडेलले बजार २ हजार २० विन्दुभन्दा तल नजाने दाबी गरे । यस्तै उनले राष्ट्र बैंकले संस्थागत लगानीकर्तालाई क्याप हटाएर लचक नीति ल्याउन सक्ने आँकलन गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमा मात्रै हरियाली छायो । आज वित्त समूह ०.३४ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.०३ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

आज लघुवित्त समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । आज यो समूह १.३७ प्रतिशतले घट्यो । साथै आज बैंकिङ समूह ०.७० प्रतिशत,विकास बैंक ०.८०,होटल ०.४०,हाईड्रो १.०६,लगानी ०.६६,जीवन बीमा ०.४५,लघुवित्त १.३७,म्युचुअल फण्ड ०.१५,निर्जीवन बीमा ०.२८,अन्य ०.९५ र व्यापार समूह ०.३१ प्रतिशतले घट्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १२ करोड ८८ लाख बढीको सेयर कारोबार भयो । साथै आज जानकी फाइनान्सको ११ करोड ९८ लाख,युनाइटेड इदी मर्दीको १० करोड ३९ लाख,मुक्तिनाथ कृषि कम्पनीको ९ करोड ४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड ९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज कुनै पनि कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेन । मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.०६ प्रतिशतले बढ्यो । मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.७६ प्रतिशत,न्यादी हाईड्रोपावरको सेयरमूल्य ४.३६ प्रतिशतले बढ्यो ।  

यो दिन मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.३० प्रतिशतले घट्यो ।  

यस्तै साधना लघुवित्तको सेयरमूल्य ८.७७ र गणपति लघुवित्तको सेयरमूल्य ५.७६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X