शनिबार, मंसिर ६,२०८२ 10:22:06
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 10:22:06
IME remit
Global IME Bank Limited

नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘चाडपर्व सकिएसँगै बजारले गति लिन्छ’

Hyundai Nepal
नेप्सेको गिरावट आजपनि जारी, जानकार भन्छन्, ‘चाडपर्व सकिएसँगै बजारले गति लिन्छ’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २२.५८ अंकले घटेर २ हजार ५०५.५८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४३७.०२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको ७६ लाख ११ हजार ६६० कित्ता सेयर ३ अर्ब १० करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार नीमानन्द कंडेलले अहिले बजारले गति लिन नसक्नुमा राजनीतिक विषयवस्तु नै प्रमुख कारण रहेको बताए । उनले बजार घट्दो क्रममा हुँदा लगानीकर्ता आत्तिएको हुन सक्ने पनि प्रतिक्रिया दिए । यद्यपी बजार तल्लो तहमा रहेको कारण लगभग बटममा पुगेको पनि उनको बुझाइ रहेको छ । ‘अहिले लगानीकर्ताहरुले आवश्यक बाहेक बढी सेयर नबेच्दा कारोबार घटेको छ,’ उनले भने ।  

CG Motors
New Office
Garima Development Bank

त्यसैगरि, बजार जानकार टेकेन्द्र थपलियाले पनि अस्थिर राजनीति कारण बजारले गति लिन नसकेको दाबी गरे । ‘यो अबस्था भनेको राजनीतिक संक्रमणको अवस्था हो । यदि देशमा चुनाव हुने वातावरण बनेर राजनीतिले एउटा दिशा निर्धारण गरेको खण्डमा लगानीकर्ताहरुमा पुनः विश्वासको वातावरण आउछ र सेयरबजारले गति लिन्छ’ उनले भने । तर पनि बजार संधै घटेको घट्यै नगर्ने र तिहार तथा छठ पछि भने बजारले एउटा गति लिनेमा उनी ढुक्क देखिए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.२४ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात २.०९ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह पनि आज ०.५४ प्रतिशत, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल १.०६, हाईड्रो १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, लघुवित्त ०.५६, निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २० करोड ५४ लाख बढीको सेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज १३ करोड ४९ लाख बढी, युनियन हाईड्रोपावरको १२ करोड ९८ लाख, बुटवल पावरको ९ करोड १५ लाख र हिमालयन डिष्ट्रलरीको ८ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । समता घरेलु लघुवित्त आज टप गेनरको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ६.९३ प्रतिशतले बढ्यो ।  

यस्तै क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ३.६२ प्रतिशत र मातृभूमी लघुवित्तको सेयरमूल्य ३.१३ प्रतिशतले बढ्यो ।  

समाज लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । विन्ध्यवासिनी हाईड्रोको सेयरमूल्य पनि आज १० प्रतिशत, मनकामना इन्जिनियरिङको ५.८७, पञ्चकन्या माई हाईड्रोको ५.७५ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.