सोमबार, कार्तिक २,२०८३ 04:30:45
  • सोमबार, कार्तिक २,२०८३ 04:30:45
Global IME Bank Limited

नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार

Bizshala
नेप्से झिनो अंकले बढ्यो, कारोबारमा समेत सुधार
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४० प्रतिशतले बढेर ४४९.०८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर १० अर्ब ८७ करोड ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत बिहिबारको तुलनामा बढी हो । गत बिहिबार ७ अर्ब ८७ करोड बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘यतिबेला लगानीकर्ता गभर्नर नियुक्तिको प्रतिक्षामा छन् । उनीहरु पर्ख र हेरको रणनीति रहेको अवस्था छ । आजको बजारलाई नियाल्दा भने बजारमा कारोबारीको प्रवेश भएको देखिन्छ ।’

गभर्नर नियुक्तिको टुङ्गो लागेपछि भने बजारले गति लिनेमा उनी ढुक्क देखिए ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले सत्ता पक्षका शीर्ष नेताहरुबीचको भेटघाटले सरकारको आयुसम्बन्धी अन्यौलता हटेको छ । आज परिसूचकसँगसँगै कारोबार पनि बढेका कारण बजारले माथिको यात्रा गर्न सक्छ ।’

उनले यो बेला सेयर बजारमा लगानीको सिजनपनि भएकाले पनि बजार अब माथिनै जाने बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूह बढ्यो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज लगानी समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.८७ प्रतिशतले बढ्यो ।  

यस्तै आज होटल समूह ०.७१ प्रतिशत,हाईड्रो १.०७, जीवन बीमा ०.३६,उत्पादन तथा प्रशोधन ०.५२,म्युचुअल फण्ड ०.२८ र व्यापार समूह ०.९६ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.८५ प्रतिशतले ओराला लाग्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत,विकास बैंक ०.४५, लघुवित्त ०.७१, निर्जीवन बीमा ०.०१ र अन्य समूह ०.७३ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८६ करोड १७ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि ५६ करोड ३८ लाख, राधी विद्युत कम्पनीको ५६ करोड २० लाख र एचआईडीसीएलको ५२ करोड ७४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो । ङादी ग्रुप पावरको सेयरमूल्य पनि आज ७.६५ प्रतिशत,सुपर माई हाईड्रोपावरको ७.१३ र अरुण भ्याली हाईड्रोको सेयरमूल्य ७.०७ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो। नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ५.५० प्रतिशत, अपर सोलु हाईड्रो इलेक्ट्रिकको ४.९७ र गुराँस लघुवित्तको सेयरमूल्य ३.७४ प्रतिशतले घट्यो।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.