बिहीबार, बैशाख ३१,२०८३ 07:13:48
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:13:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह २.०६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह १.७५ प्रतिशतले बढेको छ । आज सबै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । 

Bizshala
New Office
CG Motors

कम्पनीको सेयरभाउ ४.१५ प्रतिशतले बढेर ९७८.४७ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन लाइफको ३.६५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.५८ प्रतिशत, सन नेपाल लाइफको ३.१९ प्रतिशत, एलआइसी नेपालको ३.१३ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.१२ प्रतिशत, नेपाल रि को २.७१ प्रतिशत, शिखरको २.७१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.४४ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.३५ प्रतिशत, एनएलजीको २.३३ प्रतिशत, नेपाल लाइफको २.२६ प्रतिशत र प्रभु इन्स्योरेन्सको १.७७ प्रतिशतले बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसका साथै हिमालयन एभरेष्टको १.७० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६९ प्रतिशत, एशियन लाइफको १.५९ प्रतिशत, सानिमा जिआइसीको १.५१ प्रतिशत, आइएमई लाइफको १.४८ प्रतिशत, सुर्यज्योति लाइफको १.४७ प्रतिशत, सिटिजन लाइफको १.४६ प्रतिशत, सगरमाथा लुम्बिनीको १.३७ प्रतिशत, आरबीसीएलको १.३२ प्रतिशत, युनाइटेड अजोडको १.३१ प्रतिशत, नेशनल लाइफको ०.८३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.६६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०७ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.०४ प्रतिशतले सेयरभाउ बढेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.