सोमबार, कार्तिक २,२०८३ 04:35:55
  • सोमबार, कार्तिक २,२०८३ 04:35:55
Global IME Bank Limited

१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल र हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए

Bizshala
१६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, नेपाल र हिमालयन रि का लगानीकर्ताले सर्वाधिक कमाए
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुईवटै उपसूचक आज बढेको छ । जीवन बीमा समूह ०.०४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२३ प्रतिशतले बृद्धि भएको छ । आज १६ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल रि र हिमालयन रि इन्स्योरेन्स रहेको छ । नेपाल रि को सेयरभाउ ४.८४ प्रतिशतले बढेर ८२३ रुपैयाँ पुगेको छ भने हिमालयन रि को सेयरभाउ ३.३० प्रतिशतले बढेर ८१८.१० रुपैयाँ पुगेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, नेको इन्स्योरेन्सको १.७२ प्रतिशत, एशियन लाइफको ०.९८ प्रतिशत, युनाइटेड अजोडको ०.९५ प्रतिशत, आइएमई लाइफको ०.८५ प्रतिशत, सन नेपाल लाइफको ०.७४ प्रतिशत, नेपाल लाइफको ०.७३ प्रतिशत, सानिमा जिआइसीको ०.६८ प्रतिशत, शिखरको ०.६४ प्रतिशत, सिटिजन लाइफको ०.५८ प्रतिशत, आरबीसीएलको ०.५५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१० प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा हिमालयन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.०७ प्रतिशतले घटेर ४६३ रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको ०.९२ प्रतिशत, नेशनल लाइफको ०.२८ प्रतिशत, सुर्यज्योति लाइफको ०.२२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६५ प्रतिशत, एनएलजीको ०.७२ प्रतिशत, सलिकोको ०.४४ प्रतिशत र सिद्धार्थ प्रिमियरको ०.२० प्रतिशतले सेयरभाउ घटेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.