बुधबार, असार १०,२०८३ 03:59:04
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:59:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्,‘आगामी साताबाट बजारले गति लिन्छ’

Laxmi Sunrise Bank Limited
नेप्सेमा झिनो अंकको गिरावट, जानकार भन्छन्,‘आगामी साताबाट बजारले गति लिन्छ’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२१ अंकले घटेर २ हजार ६७७.४० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१७ प्रतिशतले घटेर ४७७.९९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४ अर्ब २० करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे अजय सिंह थापा (जय शम्भु) ले अझै पनि चाडपर्व नै चलेको कारण बजारमा खासै कुनै उतारचढाव नरेको बताए । थापाले भोली पनि बजार सामान्य नै रहने अनुमान गरे। ‘किनकी छठ पर्व बाँकी नै छ । प्राविधिक रुपमा पनि बजार २५ सय विन्दुमाथि रहुन्जेल बुलिस नै रहने सम्भावना रहेको छ । आगामी साताबाट बजारले स्पष्ट दिशा निधारण गर्ने छ ।’ उनले भने ।  

त्यसैगरि अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि लामो ,बिदापछि खुलेका कारण लगानीकर्ता सक्रिय नहुदा बजार घटेको बताउँछन् । उनी भन्छन्, ‘लगानीकर्ता आज पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । त्यही कारण आज कारोबार पनि धेरै हुन नसकेको हो । थपलियाले पनि आगामी साताबाट मात्रै बाजरले गति लिन सक्ने अनुमान गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज निर्जीवन बीमा समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.०६ प्रतिशतले बढेर १४१.५२ विन्दुमा पुग्यो ।  

यस्तै आज वित्त समूह ०.२० प्रतिशत, होटल ०.८२, हाईड्रो ०.७७, जीवन बीमा ०.३९,म्युचुअल फण्ड ०.०३ र अन्य समूह ०.२४ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.८१ प्रतिशत,विकास बैंक ०.४८, लगानी ०.०४,उत्पादन तथा प्रशोधन ०.२९, लघुवित्त ०.०७ र व्यापार समूह ०.७४ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ९० लाख बढीको कारोबार भयो । सानिमा जिआईसी इन्स्योरेन्सको आज १६ करोड ६१ लाख, एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख,आईजीआई इन्स्योरेन्सको ११ करोड ६१ लाख र समृद्धि फाइनान्सको ११ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सुपर माई हाईड्रो,समाज लघुवित्त र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । गुराँस लघुवित्तको सेयरमूल्य पनि आज ९.३२ प्रतिशत र रसुवागढी हाईड्रोको सेयरमूल्य ८.७५ प्रतिशतले घट्यो ।  

मिड सोलु हाईड्रोपावरको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । अपर स्याङ्गे हाईड्रोपावरको सेयरमूल्य पनि आज ८.९४ प्रतिशतले घट्यो । सामलिङ पावरको सेयरमूल्य ६.४९ प्रतिशतले घटेको आज एक्सेल डेभलपमेन्ट बैंकको ५.९७ र एनआईसी एशिया फ्लेक्सी फण्डको मूल्य ५.९१ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.