आईतवार, असार १५,२०८२ 10:21:13
  • आईतवार, असार १५,२०८२ 10:21:13
Global IME Bank Limited

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’

Hyundai Nepal
नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘बजेटमा पूँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने विषय नआउदा लगानीकर्ताको मनोबल बलियो बनिसकेको छैन । ९० प्रतिशत लगानीकर्ता अझै कारोबारी नै छन् । कारोबारी हाबी भएका कारण बजार खासै माथि जान सकेको छैन ।’

बजारले गति नै लिनका लागि भने मौद्रिक नीतिमा जोखिम भार घटाउनु पर्ने र क्याप हटाउनु पर्ने घिमिरे बताउँछन् ।  

अर्का बजार जानकार नीमानन्द कंडेलको विचारमा बजारमा नयाँ पैसा नआउँदा बजारले गति लिन नसकेको हो । ‘अहिले लगानीकर्ताले एउटा कम्पनीको सेयर बेचेर अर्को खरिद गर्ने काम मात्रै गरिरहेका छन् । यद्यपी ४ अर्ब माथिको कारोबार हुनु सकारात्मक पक्ष हो ।’  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.७० प्रतिशतले बढ्यो भने बैंकिङ समूह ०.११, विकास बैंक ०.५७,वित्त ०.२९,होटल ०.१०,लगानी ०.७०,जीवन बीमा ०.४७,उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त १.४८ र निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढे ।  

आज हाईड्रो समूह ०.६१ प्रतिशत,म्युचुअल फण्ड ०.११ र अन्य समूह ०.२३ प्रतिशतले ओरालो लागे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २० करोड ९२ लाख बढ्रीको सेयर कारोबार  भयो ।  

त्यस्तै नेपाल फाइनान्सको १२ करोड ९८ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख र अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिका साथ सकारात्मक सर्किट लाग्यो । यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२४,महुली लघुवित्तको सेयरमूल्य ७.८९,हिमालयन लघुवित्तको ७.८२ र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.०१ प्रतिशतले बढ्यो ।  

आज बुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.५१ प्रतिशतले घट्यो ।  

त्यस्तै आज इष्टर्न हाईड्रोको सेयरमूल्य ४.६८,गणपति लघुवित्तको ४.५३ र अपर लोहोरे खोला हाईड्रोपावरको सेयरमूल्य ३.८६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.