सोमबार, श्रावण १८,२०८३ 11:40:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:53
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’

नेप्सेमा सामान्य वृद्धि,‘नयाँ पैसा नआउँदा गति लिन सकेन बजारले’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२९ प्रतिशत अर्थात ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार गोविन्दप्रसाद घिमिरे भन्छन्, ‘बजेटमा पूँजी बजारलाई प्रत्यक्ष प्रभाव पार्ने विषय नआउदा लगानीकर्ताको मनोबल बलियो बनिसकेको छैन । ९० प्रतिशत लगानीकर्ता अझै कारोबारी नै छन् । कारोबारी हाबी भएका कारण बजार खासै माथि जान सकेको छैन ।’

बजारले गति नै लिनका लागि भने मौद्रिक नीतिमा जोखिम भार घटाउनु पर्ने र क्याप हटाउनु पर्ने घिमिरे बताउँछन् ।  

अर्का बजार जानकार नीमानन्द कंडेलको विचारमा बजारमा नयाँ पैसा नआउँदा बजारले गति लिन नसकेको हो । ‘अहिले लगानीकर्ताले एउटा कम्पनीको सेयर बेचेर अर्को खरिद गर्ने काम मात्रै गरिरहेका छन् । यद्यपी ४ अर्ब माथिको कारोबार हुनु सकारात्मक पक्ष हो ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छायो । आज व्यापार समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । यो समूह आज २.७० प्रतिशतले बढ्यो भने बैंकिङ समूह ०.११, विकास बैंक ०.५७,वित्त ०.२९,होटल ०.१०,लगानी ०.७०,जीवन बीमा ०.४७,उत्पादन तथा प्रशोधन ०.८०,लघुवित्त १.४८ र निर्जीवन बीमा समूह ०.५६ प्रतिशतले बढे ।  

आज हाईड्रो समूह ०.६१ प्रतिशत,म्युचुअल फण्ड ०.११ र अन्य समूह ०.२३ प्रतिशतले ओरालो लागे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २० करोड ९२ लाख बढ्रीको सेयर कारोबार  भयो ।  

त्यस्तै नेपाल फाइनान्सको १२ करोड ९८ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८२ लाख र अजोड इन्स्योरेन्सको ११ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिका साथ सकारात्मक सर्किट लाग्यो । यो दिन नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२४,महुली लघुवित्तको सेयरमूल्य ७.८९,हिमालयन लघुवित्तको ७.८२ र माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.०१ प्रतिशतले बढ्यो ।  

आज बुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.५१ प्रतिशतले घट्यो ।  

त्यस्तै आज इष्टर्न हाईड्रोको सेयरमूल्य ४.६८,गणपति लघुवित्तको ४.५३ र अपर लोहोरे खोला हाईड्रोपावरको सेयरमूल्य ३.८६ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.