आईतवार, असार १५,२०८२ 09:38:43
  • आईतवार, असार १५,२०८२ 09:38:43
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा एक्युमुलेशन चलिरहेको छ’

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको गिरावट, जानकार भन्छन्, ‘बजारमा एक्युमुलेशन चलिरहेको छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२७ प्रतिशत अर्थात ७.२६ अंकले घटेर २ हजार ६७८.४७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४९.८८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘बजारमा विस्तारै सबै कुरा सकारात्मक बन्दै गईरहेको छ । यद्यपी आगामी साता पनि बजारमा खासै ठूलो उचारचढाव आउने देखिदैन । फागुन १५ पछि भने बजार केही हदसम्म बढ्न सक्छ ।’

विष्टले गभर्नरको बहिर्गमनपश्चात लगानीकर्तामा आत्मविश्वास बढ्न सक्ने भएकाले यसले बजारलाई टेवा पुग्ने बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले बजारमा यतिबेला एक्युमुलेशन भईरहेको बताए । ‘आज बजार सामान्य घटेको छ । लगानीकर्ताले स्क्रिप्ट छानेर लगानी गरिरहेका छन् । बजारलाई धेरै प्रभावित पार्ने खालको कम्पनीहरुको रिपोर्ट पनि आएको छैन,’ उनले भने ।  

नीतिगत सुधार र अर्थतन्त्र चलायमान भएमा मात्रै बजारले थप गति लिने समेत गजुरेलले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक बढ्यो । यो समूह आज १.८८ प्रतिशतले बढेर २ हजार ७९६.१० विन्दुमा पुग्यो ।  

यस्तै आज लगानी समूह ०.५२ र लघुवित्त समूह ०.१७ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूह आज सर्वाधिक अर्थात ०.९५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२३ प्रतिशत, होटल ०.५८, हाईड्रो ०.९०,जीवन बीमा ०.१४,उत्पादन तथा प्रशोधन ०.४७,म्युचुअल फण्ड ०.०८,निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड १४ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङ्ग्सको आज २६ करोड ८९ लाख, राधी विद्युतको २० करोड २९ लाख,सिन्धु विकासको १९ करोड ३० लाख र सेन्ट्रल फाइनान्सको १९ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज मातृभूमी लघुवित्त, कुमारी सबल योजना,गुँरास माइक्रो लाइफ र पोखरा पाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज बाराही हाईड्रोको सेयरमूल्य ६.७७ प्रतिशत,मानुषी लघुवित्तको ६.१२ र रिलायन्स फाइनान्सको सेयरमूल्य ६ प्रतिशतले बढ्यो ।  

न्यादी हाईड्रो आज सर्वाधिक गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ४.९० प्रतिशत र रिभर फल्स पावरको सेयरमूल्य ४.१० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.