सोमबार, मंसिर ७,२०८३ 12:10:06
  • सोमबार, मंसिर ७,२०८३ 12:10:06
Global IME Bank Limited

नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

Bizshala
नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल
New Office

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)ले दुई देशबीच व्यापारिक तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउन कूटनीतिक पहल गरेको छ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सहभागी परिसंघका पदाधिकारीहरूले भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेसँग भेटवार्ता गर्दै नेपाल–भारत आर्थिक सम्बन्ध विस्तारका सम्भावनाबारे छलफल गरेका हुन्।

आइतबार नयाँदिल्लीस्थित प्रधानमन्त्री शाह बसेको होटलमा भएको भेटमा दुई देशबीच आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको परिसंघले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, पूर्वअध्यक्ष विष्णुकुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी र उपाध्यक्ष राजबहादुर शाह सहभागी थिए।

प्रधानमन्त्रीको उच्चस्तरीय भारत भ्रमणका अवसरमा नेपाली निजी क्षेत्रले द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा चासो देखाएको छ।

परिसंघले राजदूतसँगको भेटलाई नेपाल र भारतबीच आर्थिक सम्बन्ध विस्तार तथा सहकार्यका नयाँ सम्भावनामाथि छलफल गर्ने अवसरका रूपमा उपयोग गरेको जनाएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.