सोमबार, मंसिर ७,२०८३ 11:08:21
  • सोमबार, मंसिर ७,२०८३ 11:08:21
Global IME Bank Limited

रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, डिसेम्बर १२ मा आयोजना हुने

Bizshala
रोयल इन्फिल्डको ‘हन्टरहुड’ पहिलोपटक काठमाडौंमा, डिसेम्बर १२ मा आयोजना हुने
New Office

काठमाडौं। रोयल इन्फिल्डले आफ्नो सडक संस्कृति महोत्सव ‘हन्टरहुड’ पहिलोपटक अन्तर्राष्ट्रिय स्तरमा आयोजना गर्ने भएको छ। आगामी डिसेम्बर १२ मा काठमाडौंको भृकुटीमण्डपमा हुने महोत्सवमा नेपाल र भारतका कलाकार तथा सिर्जनात्मक समुदायको सहभागिता रहनेछ।

दिउँसो २ बजेदेखि सुरु हुने कार्यक्रममा भारतीय चर्चित र्‍यापर डिभाइन मुख्य आकर्षणका रूपमा रहनेछन्। नेपाली र्‍यापर साकारसँगै कुमा सागर एन्ड द ख्वापा, गाउले भाइ, इस्ट्रीज र रातो रानीले पनि प्रस्तुति दिनेछन्। नेपाल हिपहप फाउन्डेसनको समेत सहभागिता रहनेछ।

CG Motors
Garima Development Bank
IME remit

संगीतसँगै महोत्सवमा स्केटबोर्डिङ, बीएमएक्स, फ्रिस्टाइल फुटबल, बास्केटबललगायत खेलकुद गतिविधि सञ्चालन गरिनेछ। साथै लाखे नाच, भैरव तथा काली नृत्य, कस्प्ले, कला तथा हस्तकला कार्यशाला र फेसन प्रदर्शनी पनि समेटिनेछन्।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न ब्रान्डका सामग्रीसहित फ्ली मार्केट र खानाका परिकारका स्टलसमेत रहने आयोजकले जनाएको छ।

रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकलसँग जोडिएको सहरी जीवनशैली, संगीत, कला, फेसन र युवाको सिर्जनात्मक अभिव्यक्तिलाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।

कार्यक्रमको टिकट खल्ती र टिकट सञ्जालमार्फत खरिद गर्न सकिनेछ। टिकटको मूल्य ३५० रुपैयाँदेखि सुरु हुने आयोजकले जनाएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.