सोमबार, मंसिर ७,२०८३ 11:04:12
  • सोमबार, मंसिर ७,२०८३ 11:04:12
Global IME Bank Limited

दिल्लीमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रदान

Bizshala
दिल्लीमा प्रधानमन्त्री बालेनलाई भारतीय सेनाद्वारा ‘गार्ड अफ अनर’ प्रदान
New Office

 

काठमाण्डौ । दुईदिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले सम्मानस्वरूप ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

सोमबार बिहान राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान अर्पण गरेको हो। सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई स्वागत गरेका थिए।

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहको भ्रमणको दोस्रो दिन उच्चस्तरीय राजनीतिक भेटवार्ता, द्विपक्षीय छलफल तथा विभिन्न सम्झौता आदानप्रदानका कार्यक्रम तय गरिएका छन्।

निर्धारित कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आज बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्।

त्यसपछि बिहान ११ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। बिहान ११ः५० बजे नेपाल र भारतका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ।

CG Motors
Garima Development Bank
IME remit

दुई देशबीचको उच्चस्तरीय वार्तापछि दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त रूपमा सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

त्यसैगरी, दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा शाह सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहले दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

भारत भ्रमणका सम्पूर्ण औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट स्वदेश फर्कनेछन्। भ्रमण तालिकाअनुसार उनी साँझ ६ः३५ बजे काठमाण्डौ आइपुग्नेछन्।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.