सोमबार, मंसिर ७,२०८३ 11:04:12
  • सोमबार, मंसिर ७,२०८३ 11:04:12
Global IME Bank Limited

बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा नेपाल र भारतका उद्योग वाणिज्य महासंघबीच सहकार्य

Bizshala
बाढी प्रभावित क्षेत्रको पुनःस्थापनामा नेपाल र भारतका उद्योग वाणिज्य महासंघबीच सहकार्य
New Office

काठमाडौं। नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) बीच सहकार्य गर्ने समझदारी भएको छ।

आइतबार भारतको राजधानी नयाँ दिल्लीमा भएको समझदारीपत्रमा भारतीय उद्योग परिसंघका तर्फबाट सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायको स्वास्थ्य, सरसफाइ, जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनःस्थापनाका लागि संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि तथा सरसफाइ सामग्री वितरण र दुई अस्पताललाई जीवनरक्षासम्बन्धी अत्यावश्यक सेवा सुविधासहितका एम्बुलेन्स उपलब्ध गराउने योजना छ। यसका साथै मातृ तथा बाल स्वास्थ्य सेवा, पानीजन्य तथा सङ्क्रामक रोगको पहिचान र उपचारमा सहयोग गरिनेछ।

पहिलो चरणको कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। यसअघि प्रभावित क्षेत्रको आवश्यकता मूल्याङ्कन, लाभग्राही पहिचान र आवश्यक सरकारी स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ।

दोस्रो चरणमा कृषि, पशुपालन, साना व्यवसाय तथा सेवामूलक उद्यम पुनःसञ्चालनका लागि उपकरण, सीप विकास र व्यावसायिक तालिम उपलब्ध गराइनेछ। साथै प्रभावित सूक्ष्म, लघु तथा साना उद्यमलाई प्राविधिक सहयोग, वित्तीय पहुँच, बजार विस्तार र नेपाली तथा भारतीय व्यवसायीबीच साझेदारी विकासमा सहजीकरण गरिनेछ।

समझदारीअनुसार भारतीय उद्योग परिसंघले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय, स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालनमा सहजीकरण गर्नेछ।

कार्यक्रममा बागमती प्रदेशका रसुवा, नुवाकोट र धादिङलाई प्राथमिकता दिइनेछ। आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा, बागलुङ तथा दोस्रो चरणको बाढीबाट प्रभावित मुस्ताङ र मनाङमा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ। अन्तिम कार्यक्षेत्र भने स्थलगत अध्ययन र सम्बन्धित निकायसँगको समन्वयपछि निर्धारण गरिनेछ।

एक वर्षका लागि लागू हुने यस समझदारीले तत्कालीन राहतसँगै प्रभावित परिवारको आयआर्जन, उद्यमशीलता र स्थानीय अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। थप कार्यक्रम, स्रोत परिचालन तथा वित्तीय व्यवस्थासम्बन्धी सहमति दुवै पक्षको आपसी सहमतिमा गर्न सकिने व्यवस्था पनि गरिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.