नेपाल पूर्वाधार सम्मेलनको पाँचौ संस्करण भदौं २७ र २८ गते काठमाण्डौ हुने
काठमाण्डौ। नेपाल उद्योग परिसंघले निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि अघि बढाउँदै आएको छ । दिगो पूर्वाधारमार्फत् देशको समग्र विकास गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै परिसंघले सन् २०१४ देखि पूर्वाधार सम्मेलन...