सोमबार, मंसिर ७,२०८३ 11:53:33
  • सोमबार, मंसिर ७,२०८३ 11:53:33
Global IME Bank Limited

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी

Bizshala
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षीमोदीबीच भेटवार्ता जारी
New Office

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता सुरु भएको छ।

निलगिरी हलमा जारी भेटवार्तामा नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई र भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी छन्। भारतीय पक्षबाट विदेशमन्त्री डा. एस. जयशङ्करसहित उच्च अधिकारीको उपस्थिति छ।

CG Motors
Garima Development Bank
IME remit

यसअघि प्रधानमन्त्री मोदीले हैदराबाद हाउसमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए। दुई देशका प्रतिनिधिमण्डलबीच छलफलपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। यसअघि राष्ट्रपति भवनमा उनको सम्मानमा भारतीय सेनाले सम्मान गारत अर्पण गरेको थियो।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.