आईतवार, असार १५,२०८२ 09:19:58
  • आईतवार, असार १५,२०८२ 09:19:58
Global IME Bank Limited

३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल,जानकार भन्छन्, ‘यो त ट्रेलर मात्रै हो’

Hyundai Nepal
३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल,जानकार भन्छन्, ‘यो त ट्रेलर मात्रै हो’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा आज पनि दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन पनि नेप्सेमा ७० अंकको उछाल आएको थियो । उक्त दिन बजारमा ९ अर्ब १३ करोड बढीको कारोबार भएको थियो ।  

आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज भएको कारोबार २०७८ भदौ १० पछिकै उच्च् हो । त्यसदिन नेप्सेमा १३ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘मौद्रिक नीतिको मिति नजिकिदै गर्नु, ब्याजदर निरन्तर ओरालो लाग्दै गर्नु र नयाँ राजनीतिक समीकरणले माहोल सकारात्मक बन्दा आज बजारमा उछाल आएको छ । अब आउने मौद्रिक नीति पनि केहि लचक आउनसक्ने र अर्थमन्त्री पनि पूँजीबजारप्रति सकारात्मक हुनुले बजार अझै माथि जान सक्छ ।’

घिमिरेले अर्थमन्त्री र गभर्नरबीच तालमेल मिल्ने लगानीकर्ताको अपेक्षाका कारण बजारले गति लिएको हो ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘ साउनमा पनि बैंकहरुले ब्याजदर कटौती गर्नु, तरलता सहज हुनु र नयाँ सरकार गठन जस्ता विषयले बजारमा सुधार आएको छ । अहिले संस्थागत ब्याजदर पनि ४ प्रतिशतमा झरेको छ । जसका कारण संस्थागत लगानीकर्ता पनि निक्षेप राख्न भन्दा सेयरबजारमा लगानी गर्न उपयुक्त ठानेर बजार प्रवेश गरेका छन् । यस्तै कारणले आज बजारमा १२ अर्ब बढीको कारोबार भएको छ ।’

लम्सालले अहिलेको वृद्धि ट्रेलर मात्रै भएको र असली बुल मौद्रिक नीतिपछि आउने दाबी गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ७.३० प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक ४.०९, होटल समूह ५.५५,वित्त ५.५० ,लगानी १.५३,जीवन बीमा २.१४,उत्पादन तथा प्रशोधन ३.०२,लघुवित्त १.८४,म्युचुअल फण्ड ०.०८,निर्जीवन बीमा ३.३४,अन्य १.३६ र व्यापार समूह २.१२ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिंगटी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ५५ लाख बढीको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २२ करोड ७१ लाख,सोनापुर मिनरल्सको २० करोड ३० लाख,हिमाल दोलखा हाईड्रोपावरको २० करोड २१ लाख र अरुण भ्याली हाईड्रोको १९ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,सिंगटी हाईड्रो,आँखुखोला जलविद्युत,मन्दाकिनी हाईड्रो,सिईबिडि हाईड्रो र आरम्भ चौतारीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ८.९४ प्रतिशत,एसटीसीको ८.१६,आईसीएफसी फाइनान्सको ८.१० र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।  

यो दिन माण्डु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.५७ प्रतिशतले घट्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.