सोमबार, श्रावण १८,२०८३ 11:39:43
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:43
Bizshala
Global IME Bank Limited

३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल,जानकार भन्छन्, ‘यो त ट्रेलर मात्रै हो’

३ वर्षपछिकै उच्च कारोबारसहित नेप्सेमा उछाल,जानकार भन्छन्, ‘यो त ट्रेलर मात्रै हो’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा आज पनि दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा पुगेको छ ।

अघिल्लो दिन पनि नेप्सेमा ७० अंकको उछाल आएको थियो । उक्त दिन बजारमा ९ अर्ब १३ करोड बढीको कारोबार भएको थियो ।  

आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज भएको कारोबार २०७८ भदौ १० पछिकै उच्च् हो । त्यसदिन नेप्सेमा १३ अर्ब बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्, ‘मौद्रिक नीतिको मिति नजिकिदै गर्नु, ब्याजदर निरन्तर ओरालो लाग्दै गर्नु र नयाँ राजनीतिक समीकरणले माहोल सकारात्मक बन्दा आज बजारमा उछाल आएको छ । अब आउने मौद्रिक नीति पनि केहि लचक आउनसक्ने र अर्थमन्त्री पनि पूँजीबजारप्रति सकारात्मक हुनुले बजार अझै माथि जान सक्छ ।’

घिमिरेले अर्थमन्त्री र गभर्नरबीच तालमेल मिल्ने लगानीकर्ताको अपेक्षाका कारण बजारले गति लिएको हो ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्,‘ साउनमा पनि बैंकहरुले ब्याजदर कटौती गर्नु, तरलता सहज हुनु र नयाँ सरकार गठन जस्ता विषयले बजारमा सुधार आएको छ । अहिले संस्थागत ब्याजदर पनि ४ प्रतिशतमा झरेको छ । जसका कारण संस्थागत लगानीकर्ता पनि निक्षेप राख्न भन्दा सेयरबजारमा लगानी गर्न उपयुक्त ठानेर बजार प्रवेश गरेका छन् । यस्तै कारणले आज बजारमा १२ अर्ब बढीको कारोबार भएको छ ।’

लम्सालले अहिलेको वृद्धि ट्रेलर मात्रै भएको र असली बुल मौद्रिक नीतिपछि आउने दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज व्यापार समूहमा सबेभन्दा धेरै वृद्धि देखियो । यो समूह आज ७.३० प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बैंकिङ समूह २.०८ प्रतिशत, विकास बैंक ४.०९, होटल समूह ५.५५,वित्त ५.५० ,लगानी १.५३,जीवन बीमा २.१४,उत्पादन तथा प्रशोधन ३.०२,लघुवित्त १.८४,म्युचुअल फण्ड ०.०८,निर्जीवन बीमा ३.३४,अन्य १.३६ र व्यापार समूह २.१२ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिंगटी हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ५५ लाख बढीको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २२ करोड ७१ लाख,सोनापुर मिनरल्सको २० करोड ३० लाख,हिमाल दोलखा हाईड्रोपावरको २० करोड २१ लाख र अरुण भ्याली हाईड्रोको १९ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लाग्यो । आज सेन्ट्रल फाइनान्स,सिंगटी हाईड्रो,आँखुखोला जलविद्युत,मन्दाकिनी हाईड्रो,सिईबिडि हाईड्रो र आरम्भ चौतारीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ८.९४ प्रतिशत,एसटीसीको ८.१६,आईसीएफसी फाइनान्सको ८.१० र एनआरएन इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।  

यो दिन माण्डु हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.५७ प्रतिशतले घट्यो ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.