आईतवार, असार १५,२०८२ 09:30:17
  • आईतवार, असार १५,२०८२ 09:30:17
Global IME Bank Limited

लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक

Hyundai Nepal
लगातार ६ दिनको गिरावटपछि बढ्यो सेयर बजार, विकास बैंक समूहमा चमक
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात १९.३० अंकले बढेर २ हजार ६२८.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले बढेर ४४२.३२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै नेप्से पछिल्लो ६ कारोबार दिनपछि बढेको छ । आज कारोबार भने घटेको छ ।  अघिल्लो दिन भने ८ अर्ब ५० करोड बढीको कारोबार भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आज बजार बढेपनि कारोबार भने बढ्न सकेन । बजेट नजिकिदै गर्दा समेत बजारले खासै गति लिन सकेको छैन । बजेटमा वृद्धभत्ताको उमेर बढाउने भनिएको छ र यसले सरकारको ढुकुटीमा दबाब परेको बुझ्न सकिन्छ । यस्तै बजेटमा करका दायराहरु समेत बढ्न सक्ने सम्भावना रहेको छ ।’

आज बजार बढेतापनि प्राविधिक रुपमा बजार २६७० विन्दुभन्दा माथि नलागिकन बजारले माथिको यात्रा लियो भन्न नमिल्ने उनले बताए ।  

अर्का बजार जानकार विनोद अर्यालले बजारमा आज नेप्से परिसूचक बढेतापनि कारोबारमा सुधार आउन नसकेको बताए । ‘यो भनेको लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् भन्ने हो । गभर्नर र राजावादीहरुको आन्दोलनको विषयले लगानीकर्तामा यतिबेला अन्यौलता छाएको देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो । यो समूह आज २.०१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.२८ प्रतिशत, फाइनान्स ०.७३,हाईड्रो १.०५,लगानी ०.७६,जीवन बीमा ०.५७,उत्पादन तथा प्रशोधन ०.३८,लघुवित्त ०.२२,म्युचुअल फण्ड ०.३७,निर्जीवन बीमा १.४१,अन्य ०.५५ र व्यापार समूह १.०८ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विदूत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ७६ लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज ५१ करोड ७ लाख,हिमालयन रि इन्स्योरेन्सको ४१ करोड ७ लाख, ङादी ग्रुप पावरको २७ करोड ३९ लाख र युनिभर्सल पावरको २४ करोड ९३ लाख बढीको सेयर कारोबार भयो ।  

आज घट्ने एउटा मात्रै समूहको रुपमा होटल समूह रह्यो । होटल समूह आज १.०१ प्रतिशतले खस्कियो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सप्तकोशी डेभलपेमन्ट बैंक, ओम मेगा श्री फर्मास्युटिकल्स,कर्पोरेट डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक र तेह्रथुम पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ९.३२ प्रतिशत,एनएलजी इन्स्योरेन्सको ७.६१ प्रतिशत र कुथेली बुखरी स्मल हाईड्रोको ५.३७ र मन्दाकिनी हाईड्रेको सेयरमूल्य ५.३४ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेियरमूल्य आज १० प्रतिशतले घट्यो । बाराही हाईड्रोको सेयरमूल्य पनि आज ५.४६ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ४.९३ र छ्याङदी हाईड्रोको सेयरमूल्य ४.४० प्रतिशतले ओरालो लाग्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.