मंगलवार, बैशाख २,२०८२ 04:12:05
IME remit
  • मंगलवार, बैशाख २,२०८२ 04:12:05
IME remit
Global IME Bank Limited

नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’

Hyundai Nepal
नेप्सेमा गिरावट जारी, ‘लगानीकर्ता पर्ख र हेरको अवस्थामा’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.६२ अंकले घटेर २ हजार ६६२.०८ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.९ प्रतिशतले बढेर ४४६.४४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर ६ अर्ब २८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Bizshala
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘पछिल्लो समय मुख्यतः गभर्नर नियुक्तीको विषयले नै सेयर बजारमा सुधार आउन सकिरहेको छैन । यस्तै सरकारको भविष्य र राजनीतिक कारणले गर्दा समेत लगानीकर्ताको मनोबल उकास्न सकेको छैन ।’

उनले अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले बजार लगानीकर्ताको तुलनामा कारोबारी हाबी भएको समेत बताए । ‘धेरै लगानीकर्ताले प्राविधिक विश्लेषण हेरेर लगानी गर्दा समेत बजारमा तीव्र उचारचढाव भएको छ । यद्यपी प्रशस्त तरलता भएका कारण बजार बियरिसमा गईहाल्ने अवस्था भने छैन ,’उनले भने  

अर्का बजार जानकार अर्जुन थापाले पनि सरकारको स्थायित्वको विषयका कारण बजारमा अन्यौलता छाएको बताए । ‘यसका साथै देशमा विभिन्न आन्दोलन चल्नु, आर्थिक मन्दीमा समेत कमी नआउनु र समयमै गभर्नर नियुक्त हुन नसक्नु जस्ता कारणले बजारमा सुधार आएको छैन,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतिएको छ। आज लगानी समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज १.८४ प्रतिशतले बढेर १११.३८ विन्दुमा पुग्यो ।  

यस्तै आज होटल समूह ०.२६, म्युचुअल फण्ड ०.२७ र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२६ प्रतिशत,विकास बैंक ०.७१,फाइनान्स ०.९८,हाईड्रो ०.४३,जीवन बीमा ०.५७,उत्पादन तथा प्रशोधन ०.८९,लघुवित्त ०.१५ र अन्य समूह १ प्रतिशतले घट्यो ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि होल्डिङको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४५ करोड ३२ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ४४ करोड ४६ लाख,राधि विद्युत कम्पनीको ४३ करोड ८२ लाख र हिमालयन रि इन्स्योरेन्सको आज ३९ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो । त्रिशुली जलविद्युतको सेयरमूल्य पनि आज ५.७८ प्रतिशत र राधी विद्युत कम्पनीको सेयरमूल्य ४.७६ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन सिन्धु विकास बैंकको सेयरमूल्य पनि ९.९९ प्रतिशत,बलेफी हाईड्रोपावरको ९.९८ र गार्डियन माइक्रो लाइफको सेयरमूल्य ७.२० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.