बुधबार, माघ ७,२०८२ 05:36:45
Bizshala
  • बुधबार, माघ ७,२०८२ 05:36:45
Bizshala
Global IME Bank Limited
Bizshala

नेप्सेमा झिनो अंकको गिरावट, सेयर खरिद बढ्ने खालका नीति आए बजारले रुप फेर्ने विज्ञको ठहर

नेप्सेमा झिनो अंकको गिरावट, सेयर खरिद बढ्ने खालका नीति आए बजारले रुप फेर्ने विज्ञको ठहर
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.०६ प्रतिशत अर्थात १.६६ अंकले घटेर २ हजार ६०७.३७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०२ प्रतिशतले बढेर ४४६.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Bizshala
Garima Development Bank
New Office

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुलेल भन्छन्, ‘सबै कुराहरु पोजेटिभ भएर पनि बजार बढ्न नसक्नुमा अहिलेको राजनीतिक अवस्थाले लगानीकर्ताको मनोबल बढ्न नसक्नु मुख्य कारण हो । लगानीकर्ताहरुले स्थिर सरकार खोजिरहेका छन् । चुनाव समयमै हुने वा नहुने भन्ने कुरामा अन्यौलता अझैपनि कायम भएका कारण लगानीकर्ताहरु सेयरबजारमा लगानी गर्न डराएको देखिन्छन् । बैंकहरुमा तरलता पर्याप्त हुनु र ब्याजदर पनि घट्दो अवस्थामा छ, तर कर्जा लिएर सेयरबजारमा लगानी गर्न सक्ने मनोबल लगानीकर्तामा बढ्न सकेको छैन ।’

यदि बजारमा सेयर खरिदको माग हुने खालको पोलिसीहरु आउन सकेमा बजारले नयाँ रुप फेर्न उनले बताए । ‘बजार बढ्नुपर्ने थुप्रै सकारात्मक आधारहरु भएका कारण अहिलेको बजारलाई नराम्रो अवस्थाको रुपमा पनि लिनु उचित हुँदैन । चुनाव समयमै भएर स्थिर सरकार हुने भने बजारमा राम्रा कम्पनीहरु चलेर बजार नै माथि उक्लिन सक्छ’ उनले भने ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये ५ वटाम समूहमा हरियाली छायो भने ८ वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.९२ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१५ प्रतिशत, जीवन बीमा ०.१८, लघुवित्त ०.०९ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात ०.६५ प्रतिशतले घट्यो । विकास बैंक समूह ०.१९ प्रतिशत, होटल ०.५४, हाईड्रो ०.३६, लगानी ०.२९, म्युचुअल फण्ड ०.३८, निर्जीवन बीमा ०.१६ र अन्य ०.६३ प्रतिशतले घट्यो ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

धेरै कारोबार गर्ने कम्पनीहरु

आज ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ९७ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै श्रीनगर एग्रिटेकको १२ करोड ३५ लाख, सागर डिस्टिलरीको ९ करोड ६५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड १६ लाख र शिवम् सिमेन्टको ७ करोड ८४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै श्रीनगर एग्रिटेकको सेयरमूल्य ५.९९ प्रतिशत, मोलुङ हाईड्रोपावरको ३.९१, आशा लघुवित्तको ३.२४ र अपर सोलु हाईड्रो इलेक्ट्रिकको सेयरमूल्य २.९७ प्रतिशतले बढ्यो ।

यो दिन मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ८.४२ प्रतिशतले घट्यो । थ्रिस्टार हाईड्रो पावरको सेयरमूल्य पनि आज ४.७१ र माथिल्लो मैलुङखोलाको सेयरमूल्य ४.१० प्रतिशतले घट्यो ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.