काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । नेप्से परिसूचक ४०.७६ अंकले बढेर २७९६.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ४ करोड ८७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये ७ वटा समूहमा हरियाली छाएको छ भने ६ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् ।
जीवन बीमा समूह ३.२३ प्रतिशत र निर्जीवन बीमा समूह १.२५ प्रतिशतले बृद्धि भएको छ । आज २३ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.७४ प्रतिशतले बढेर ८४५ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ६.३२ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ५.५१ प्रतिशत, नेशनल लाइफको ४.१४ प्रतिशत, सिटिजन लाइफको ४.१४ प्रतिशत, रिलायबल नेपाल लाइफको ३.१० प्रतिशत, सानिमा रिलायन्स लाइफको २.९१ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.८४ प्रतिशत, आरबीसीएलको २.८३ प्रतिशत, हिमालयन लाइफको २.६९ प्रतिशत र एशियन लाइफको २.६७ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै प्रभु महालक्ष्मी लाइफको २.६४ प्रतिशत, शिखर इन्स्योरेन्सको २.४८ प्रतिशत, सन नेपाल लाइफको २.४० प्रतिशत, एलआइसी नेपालको १.८९ प्रतिशत, हिमालयन एभरेष्टको १.८७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.९९ प्रतिशत, आइएमई लाइफको ०.९० प्रतिशत, सानिमा जिआइसीको ०.७८ प्रतिशत, सुर्यज्योति लाइफको ०.७६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४३ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२६ प्रतिशतले सेयरभाउ बढेको छ ।
आज तीनवटा बीमा कम्पनीको मात्रै सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्नेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.७२ प्रतिशतले घटेर ९६३ रुपैयाँ कायम भएको छ । यसका साथै नेपाल इन्स्योरेन्सको ०.४८ प्रतिशत र युनाइटेड अजोडको ०.१३ प्रतिशतले घटेको छ । सेयरभाउ बढेसँगै आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको आज एकैदिन १ अर्ब २६ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (37).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                