मंगलवार, भाद्र २,२०८३ 06:09:12
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 06:09:12
Bizshala
Global IME Bank Limited

नेप्सेमा आजपनि देखिएन सुधार, कारोबार रकम भने बढ्यो

नेप्सेमा आजपनि देखिएन सुधार, कारोबार रकम भने बढ्यो
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०८ प्रतिशत अर्थात २.२५ अंकले घटेर २ हजार ६४१.५८ विन्दुमा झरेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२३ प्रतिशतले घटेर ४६३.६४ विन्दुमा सीमित बनेको छ ।

आज नेप्सेमा सूचीकृत ३५० वटा स्क्रिप्टको १ करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५२ करोड ५५ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब २७ करोड ५६ लाख बढीको सेयर कारोबार भएको थियो ।

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटै समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.३० प्रतिशतले बढ्यो । यस्तै हाईड्रो ०.४५ प्रतिशत, म्युचुअल फण्ड ०.२९, अन्य ०.४७ र व्यापार ०.१४ प्रतिशतले बढ्यो ।  ।

आज फाइनान्स समूह सर्वाधिक अर्थात १.१४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ ०.५० प्रतिशत, विकास बैंक ०.२९, होटल ०.५६, लगानी ०.५९, जीवन बीमा ०.३६, लघुवित्त ०.६६ र  निर्जीवन बीमा ०.६१ प्रतिशतले घट्यो ।

Bizshala
CG Motors

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक कारोबार भयो । यो बोण्डको आज १ अर्ब ३८ करोड बढीको सेयर कारोबार भयो । यस्तै सोलु हाईड्रोको ३८ करोड ४४ लाख, रिडी पावरको १६ करोड ४१ लाख, खानीखोला हाईड्रोको १५ करोड ४१ लाख र विकास हाईड्रोको १२ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट र र सवोत्तम पेन्ट्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य ११.१७ प्रतिशत, सगरमाथा जलविद्युतको ११.०६ र विकास हाईड्रोको सेयरमूल्य ८.२२ प्रतिशतले बढ्यो ।  

यो दिन फस्र्ट माइक्रोफाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ६.६३ प्रतिशतले घट्यो । यस्तै महिला लघुवित्तको सेयरमूल्य ६.५७ प्रतिशत र खानीखोला हाईड्रोको सेयरमूल्य ६.३३ प्रतिशतले घट्यो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.