आईतवार, भाद्र २३,२०८१ 10:43:41
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:43:41
IME remit
Global IME Bank Limited

नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’

Hyundai Nepal
नेप्से पुनः २ हजार विन्दुमाथि,‘ स्मार्ट मनि बजार प्रवेश गर्दा सबै समूहमा हरियाली’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.४३ प्रतिशत अर्थात २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०१ प्रतिशतले बढेर ३६०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता सेयर ४ अर्ब ८ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘बजार धेरै तल गएका कारण बजारमा लगानीकर्ता प्रवेश गरेकाले आज बजार बढेको हो । यसका अलावा बैंकको ब्याजदर घट्दै जानु र कर्पोरेट सेक्टरले पनि सेयर खरिद बढाउनु जस्ता कारणले बजारमा वृद्धि देखिएको हो । ’

बजेट पनि नजिकिदै गर्दा पर्ख र हेरको अवस्थामा रहेका र नयाँ लगानीकर्ता पनि बजार प्रवेश गरेकाले बजार उकालो लागेको लम्साल बताउँछन् । लगानीको सिजन भएकाले आर्थिक रुपमा सबल कम्पनीमा लगानी बढाउनु सहि निर्णय हुन सक्ने लम्सालको विश्लेषण छ ।  

अर्का अगुवा लगानीकर्ता उपेन्द्र पाठक पनि जेठ महिनाका लागि ब्याजदर घटुनु र सेयरको मूल्य घटेर तल्लो विन्दुमा आउनु र संस्थागत लगानीकर्ता पनि बजार पस्नुले बजार बढेको बताए । बैंकको सेयर लगायतका सबै समूह हरियाली हुनुले स्मार्ट मनिसहित संस्थागत लगानीकर्ता बजार प्रवेश गरेको पुष्टि भएको उनले दाबी गरे ।  

यसका साथै यसले नीतिमा केहि परिवर्तन हुँदै गरेको आभास मिल्ने पनि पाठकले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समुह सर्वाधिक बढ्यो । आज लघुवित्त समूह ३.४४ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

यस्तै बैंकिङ समूह ०.२५ प्रतिशत, विकास बैंक १.४४, वित्त ०.३०, होटल ०.९४, हाईड्रो ३.२२,लगानी १.१०,जीवन बीमा १.४२, उत्पादन तथा प्रशोधन ०.२६, म्युचुअल फण्ड ०.३५,निर्जीवन बीमा १.७९,अन्य १.०८ र व्यापार समूह ०.०३ प्रतिशतले बढ्यो ।    

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १५ करोड ८१ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।  

त्यस्तै साइन रेसुंगा डेभलपमेन्ट बैंकको ११ करोड ६१ लाख रुपैयाँ, आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख, रिडी पावरको ७ करोड ३८ लाख र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन ७ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज समान लघुवित्त,उपकार लघुवित्तर युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

त्यस्तै जनउत्थान सामूदायिक लघुवित्तको सेयरमूल्य ९.९९,मानुषी लघुवित्तको ९.९८, रुरु जलविद्युत कम्पनीको ९.९८ र हिमालयन लघुवित्तको सेयरमूल्य ९.७१ प्रतिशतले बढ्यो ।  

आज हिमालयन उर्जा विकासको सेयरमूल्य सर्वाधिक अर्थात ४.६४ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X