बुधबार, असार १०,२०८३ 04:01:18
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:01:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

टिकेन सेयरबजारको बढोत्तरी, जानकार भन्छन्, ‘स्मार्ट मनि नआउँदा बजारले लय गुमायो’

Laxmi Sunrise Bank Limited
टिकेन सेयरबजारको बढोत्तरी, जानकार भन्छन्, ‘स्मार्ट मनि नआउँदा बजारले लय गुमायो’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.३० प्रतिशत अर्थात ७.८६ अंकले घटेर २ हजार ६०६.२० विन्दुमा पुगेको छ ।

अघिल्लो दिन भने नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३९ अंकले बढेको थियो ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१९ प्रतिशतले घटेर ४४६.१८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा स्क्रिप्टको ८६ लाख ४७ हजार ९४८ कित्ता सेयर ३ अर्ब ७३ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । अघिल्लो दिन भने ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार कविराज तिमल्सिना भन्छन्, ‘सेयरबजारका लागि यो सिजन भनेको अफ सिजन हो, यो कुरा लगानीकर्ताहरुले बुझ्नु जरुरी छ । साथै, अहिलेको बजारले विशेषगरी स्थिर राजनीति खोजिरहेको छ, समयमै चुनाव खोजिरहेको छ । राजनीतिक अन्योलताका कारण अहिले बजारमा ठूला लगानीकर्ताहरु प्रवेश गर्न सकिरहेका छैनन र लगानी गर्न तयार पनि छैनन् ।’

उनले थपे, ‘घट्दो बजारमा कारोबार रकम थोरै छ भने सप्लाई कम भएको बुझ्नुपर्दछ । आजको बजारमा सप्लाई कम भएको देखिन्छ । ठूला लगानीकर्ता बजार प्रवेश नगर्दा र बाजरमा स्मार्ट मनि छिर्न नसक्दा बजारले लय लिन सकिरहेको छैन । अहिलेको कारोबार भनेको ट्रेडरहरुले सेयर खरिदबिक्री गरेको मात्रै कारोबार हो । यदि राजनीतिक परिवेश राम्रो हुँदै गएमा र समयमै चुनाव हुने हो भने बजारमा ठूला लगानीकर्ताहरु प्रवेश गर्छन् र मार्केट अवश्य नै माथि जानेछ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह मात्रै बढ्यो । यो समूह आज ०.३९ प्रतिशतले बढ्यो ।

हाईड्रो समूह आज सर्वाधिक अर्थात ०.६६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.०५ प्रतिशत, विकास बैंक ०.२९, फाइनान्स ०.५७, होटल ०.१३, लगानी ०.३२, जीवन बीमा ०.२१, उत्पादन तथा प्रशोधन ०.४२,लघुवित्त ०.२९, निर्जीवन बीमा ०.३५, अन्य ०.३९ र व्यापार ०.०२ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज श्रीनगर एग्रोटेकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै ङादी ग्रुप पावरको १७ करोड ८ लाख, युनिभर्सल पावरको ११ करोड ६१ लाख र सागर डिस्टिलरीको १० करोड ६९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज स्वस्तिक लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानलको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै लक्ष्मी लघुवित्तको सेयरमूल्य ८.७६ प्रतिशत, थ्रिस्टार हाईड्रोको ७.१४ र तेह्रथुम पावरको सेयरमूल्य २.८४ प्रतिशतले बढ्यो ।

यो दिन झापा इनर्जीको सेयरमूल्य सर्वाधिक अर्थात ९.३० प्रतिशतले घट्यो । हिमस्टार उर्जाको सेयरमूल्य पनि आज ५.०५ र सुपर मादी हाईड्रोको सेयरमूल्य ४.५९ प्रतिशतले घट्यो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.