आईतवार, कार्तिक १,२०८३ 08:00:50
  • आईतवार, कार्तिक १,२०८३ 08:00:50
Global IME Bank Limited

चार दिनको गिरावटपछि बढ्यो सेयरबजार, ‘मार्जिन लेन्डिङको सुविधा नपाउँदा भोल्युम कम हुँदै’

Bizshala
चार दिनको गिरावटपछि बढ्यो सेयरबजार, ‘मार्जिन लेन्डिङको सुविधा नपाउँदा भोल्युम कम हुँदै’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । लगातार चौथो दिन घटेको सेयरबजारमा आज सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशत अर्थात १२.९६ अंकले बढेर २ हजार ६८५.५४ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५२ प्रतिशतले घटेर ४७०.१३ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३३७ वटा स्क्रिप्टको ८८ लाख ५१ हजार २१६ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ७५ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ३८ करोड १३ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘यतिबेला बजारमा डिमाण्ड कम सप्लाई बढी छ । ब्रोकरहरुको हिसाब मिलान नहुँदा अझै अपेक्षित रकम बजारमा आउन सकिरहेको छैन । लगानीकर्ताहरुले मार्जिन लेन्डिङको सुविधा पाउन नसक्दा बजारमा लगानी गर्न पाइरहेका छैनन्, जसकारण भोल्युम बढ्न सकिरहेको छैन । तर आजको कारोबार रकम हेर्दा अब बजारमा सप्लाई कम भएको होकि भन्ने अनुमान गर्न सकिन्छ ।’

उनले थपे, ‘ब्रोकरहरुले छिट्टै क्रेडिट रेटिङ गराई मार्जिन लेन्डिङको सुविधा दिने हो भने बजारमा भोल्युमको आकार बढ्दै जानेछ । बजारमा सप्लाई कम र डिमाण्ड बढाउनका लागि मार्जिन लेन्डिङको आवश्यक छ । साथै सम्बन्धित निकायहरुले पनि पूँजीबजारलाई यतिबेला सकारात्मक रुपमा हेरिरहेका छन् । सम्भवतः अर्को सातादेखि बजार सम्हालिदै लय लिन सक्ने देखिन्छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज अन्य समूह सर्वाधिक अर्थात ०.९३ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक समूह ०.४८, फाइनान्स ०.१८, होटल ०.४८, हाईड्रो ०.६९, लगानी ०.२३, जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.२४ र अन्य समूह ०.९३ प्रतिशतले बढ्यो ।

आज निर्जीवन बीमा र व्यापार समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.१६ र ०.०७ प्रतिशतले बढे ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिडी पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड २६ लाख बढीको सेयर कारोबार भयो । यस्तै ग्लोबल आइएमई बैंकको १५ करोड ३२ लाख, सेन्ट्रल फाइनान्सको १४ करोड ८३ लाख, रिलायन्स स्पीनिङ मिल्सको ११ करोड ६० लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १० करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै लक्ष्मी भ्यालु फण्डको मूल्य ८ प्रतिशत, जोशी हाईड्रोको ६.७६, एनआईबीएल ग्रोथ फण्डको ६.६७ र अपर लोहरे खोलाको सेयरमूल्य ६.४४ प्रतिशतले बढ्यो ।  

यो दिन बोटलर्स नेपाल(तराई)को सेयरमूल्य सर्वाधिक अर्थात ५.३३ प्रतिशतले घट्यो । कालिञ्चोक हाईड्रोको सेयरमूल्य पनि आज ३.५५ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ३.०३ प्रतिशतले बढ्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.