मंगलवार, भाद्र १६,२०८३ 04:34:17
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 04:34:17
Bizshala
Global IME Bank Limited

लामो समयपछि बढ्यो सेयरबजार, कारोबार रकम भने घटेर २.९० अर्बमा झर्यो

लामो समयपछि बढ्यो सेयरबजार, कारोबार रकम भने घटेर २.९० अर्बमा झर्यो
New Office

काठमाण्डौ । पछिल्लो समय निरन्तर खस्किरहेको सेयरबजारमा आज भने सुृधार आएको छ । मंगलबारको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३६ प्रतिशत अर्थात ९.२४ अंकले बढेर २ हजार ५२२.६६ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ प्रतिशतले घटेर ४४६.१६ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २ अर्ब ९० करोड ६९ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ६१ करोड बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार अजयसिं थापा (जय शम्भु)भन्छन्, ‘बजार अहिले माथि जाने सिनारियो छैन, केही दिनयता लगातार घटेको मार्केटमा आज थोरै सुधार देखिएको मात्रै हो । एकदुई दिन हरियो होला फेरी घट्छ । लगानीकर्ताहरुले सेयरबजारमा पैसा हाल्न चाहेपनि माहोल राम्रो नभएकाले लगानीको रिटर्न नपाइने होकी भन्ने डर छ । बजार बढ्नुपर्ने सिजनमा नबढेपछि मार्केट अब तत्कालै माथि जाने सम्भावना देखिदैन । धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएर अनेकौं फण्डा ल्याएपनि त्यो कहिलेसम्म कार्यान्वयन हुने हो कुनै पनि ठेगान छैन ।’

उनले भने, ‘अब विस्तारै चाडपर्वको सिजनले छोपेपछि मार्केटमा भएको पैसा पनि विस्तारै निस्किदै जान्छ । अहिलेको बजारलाई लगानीकर्ताको मनोविज्ञान पक्षले निकै प्रभाव पारेको छ । भोटेकोशी–त्रिशुली बाढीले ४–५ वटा मात्रै हाइड्रोलाई इफेक्ट गरेपनि अधिकांश हाइड्रोको सेयरमूल्य घट्नुमा साइकोलोजी इफेक्ट नै हो । अहिले बजारमा पैसा भएर पनि सेयरबजारमा लगानी गरेर नाफा कमाईन्छ भन्ने सम्भावना कम हुँदा बजार माथि जान सकेको छैन र बजार ठूलो अंकले माथि जाने अवस्था पनि छैन ।’

Bizshala
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो। आज हाईड्रो समूह सर्वाधिक अर्थात १.०१ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.१८ प्रतिशत, विकास बैंक ०.११, फाइनान्स ०.२५, होटल ०.६६, हाईड्रो १.०१, लगानी ०.६१, जीवन बीमा ०.८९, लघुवित्त ०.०५, म्युचुअल फण्ड ०.२६, निर्जीवन बीमाम ०.८७, अन्य ०.५४ र व्यापार ०.१० प्रतिशतले बढे।  

आज उत्पादन तथा प्रशोधन समूह मात्रै घट्यो । यो समूह आज १ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज सोलु हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १३ करोड ८२ लाख बढीको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्टको १३ करोड ६३ लाख, आँखुखोला जलविद्युतको १० करोड ३६ लाख, रिडी पावरको ९ करोड १३ लाख र सानिमा मिडिल तमोरको ९ करोड ८ लाख बढीको सेयर कारोबार भयो।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य सर्वाधिक अर्थात ७.१५ प्रतिशतले बढ्यो ।

यस्तै इमर्जिङ नेपालको सेयरमूल्य ४.८५ प्रतिशत, साञ्जेन जलविद्युतको ३.८१ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ३.६९ प्रतिशतले बढ्यो ।

यो दिन उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.४८ प्रतिशतले घट्यो । यस्तै घोराही सिमेन्टको सेयरमूल्य ५.५३ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ५.३९ र भगवती हाईड्रोको सेयरमूल्य ५.२७ प्रतिशतले घट्यो ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.