बुधबार, असार १०,२०८३ 04:10:05
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:10:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेका छन् ।

New Office
CG Motors
Garima Development Bank

बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.२८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ । आज २३ वटा बीमा कम्पनीको सेयरभाउ बढेका छन् । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७९ प्रतिशतले बढेर ५९० रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको १.५४ प्रतिशत, नेपाल लाइफको ०.९२ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.८४ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.७८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६६ प्रतिशत, युनाइटेड अजोडको ०.६४ प्रतिशत, आइएमई लाइफको ०.६४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५९ प्रतिशत, सिटिजन लाइफको ०.५७ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.५६ प्रतिशतले सेयरभाउ बढेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै नेको इन्स्योरेन्सको ०.५४ प्रतिशत, सानिमा जिआइसीको ०.४५ प्रतिशत, हिमालयन लाइफको ०.४५ प्रतिशत, सुर्यज्योति लाइफको ०.४४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४१ प्रतिशत, नेशनल लाइफको ०.३९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.३८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.३२ प्रतिशत, एशियन लाइफको ०.१७ प्रतिशत, हिमालयन एभरेष्टको ०.१६ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.०५ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ १.०३ प्रतिशतले घटेर ११५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सन नेपाल लाइफको ०.६३ प्रतिशत र सलिकोको ०.२८ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.