शुक्रबार, असार २६,२०८३ 04:51:24
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 04:51:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो

Laxmi Sunrise Bank Limited
सामान्य घट्यो सेयरबजार, कारोबार रकम भने बढ्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.१३ अंकले घटेर २ हजार ६००.७८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ४५३.६० विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३६७ वटा स्क्रिप्टको १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ६ अर्ब ८६ करोड ७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ६१ करोड १९ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘सेयर लगानीकर्ताहरु अहिलेको सरकारको गतिविधिप्रति असन्तुष्ट छन्, सरकारले गर्ने कार्यशैली र बोल्ने कुरामा लगानीकर्ताले विश्वास गर्न सकिरहेका छैनन् । त्यसमाथि अहिले असार मसान्तको दबाबले पनि बजारलाई थप प्रेसर परेको छ । जबसम्म लगानीकर्ताको मनोबल उच्च हुँदैन तबसम्म मार्केट सस्टेन हुने सम्भावना रहँदैन ।’

उनले थपे, ‘यदि सरकारले आम लगानीकर्तालाई विश्वास दिलाउन, व्यवसायीहरुमाथि गर्ने धरपकड रोक्न सक्यो भने लगानीकर्ताको मनोबल बढ्न सक्छ नत्र पर्ख र हेरकै अवस्थामा सीमित हुने देखिन्छ । साथै अहिलेको अवस्थामा लगानीकर्ताहरुमा थोरै आशा मात्रै बाँकी देखिन्छ । मौद्रिक नीतिपछि राष्ट्र बैंकको सर्कुलर आउँन बाँकी छ, सेबोनले पनि पूँजीबजार सुधारका लागि मार्गदर्शन सार्वजनिक गर्ने भनेको छ, हेरौं केही सकारात्मक आए बजारमा केही सुधार देखिएला ।’

New Office
CG Motors
Garima Development Bank

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने अन्य ७ वटामा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो। यो समूह आज १.२७ प्रतिशतले बढ्यो । लगानी समूह पनि आज ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२५, लघुवित्त ०.१३, म्युचुअल फण्ड ०.३४ र निर्जीवन बीमा ०.०४ प्रतिशतले बढ्यो ।  

विकास बैंक समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह ०.३९ प्रतिशतले घट्यो भने बैंकिङ समूह पनि ०.१७, विकास बैंक ०.३९, फाइनान्स ०.२९, होटल ०.३७, हाईड्रो ०.२७, जीवन बीमा ०.०९ र अन्य समूह ०.२३ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज नेपाल बैंक डिबेञ्चर २०८७ को सर्वाधिक कारोबार भयो । यो डिबेञ्चरको आज ८९ करोड ९१ लाख बढीको सेयर कारोबार भयो । यस्तै आरबीबीएल डिबेञ्चर २०८३ को ६९ करोड ८५ लाख, सानिमा डिबेञ्चर २०८७ को २८ करोड ५९ लाख र एसबीएल डिबेञ्चर २०८९ को २२ करोड ७ लाख बढीको कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य आज १०.६६ प्रतिशतले बढ्यो ।

यस्तै कुमारी इक्विटी फण्डको मूल्य ९.०९ प्रतिशत, कालंगा हाईड्रोको ६.९२ र सानिगाड हाईड्रोको सेयरमूल्य मूल्य ६.१५ प्रतिशतले बढ्यो ।

यो दिन भगवति हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.८४ प्रतिशतले घट्यो । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.