मंगलवार, आश्विन ६,२०८३ 06:48:21
Bizshala
  • मंगलवार, आश्विन ६,२०८३ 06:48:21
Bizshala
Global IME Bank Limited

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार रकममा सामान्य सुधार

सेयरबजारको गिरावट आजपनि जारी, कारोबार रकममा सामान्य सुधार
New Office

काठमाण्डौ । मंगलबारको कारोबारका दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२० प्रतिशत अर्थात ५.३० अंकले घटेर २ हजार ५९४.९७ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४५७.६७ विन्दुमा झरेको छ ।

आज नेप्सेमा सूचीकृत ३५७ वटा स्क्रिप्टको १ करोड ४४ हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब १० करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ३२ करोड ३९ लाख बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन् ,‘सेयर बजार घट्नुमा सरकारको धरपकडका कारण लगानीकर्ताको आत्मविश्वास घट्नु नै मुख्य कारण हो । यस्तै  अर्थमन्त्रीको गैर जिम्मेवारी बोलीले समेत आगोमा घ्यु थप्ने काम गरेको छ । सरकारले व्यापारीलाई थुन्दा र लगानकिर्तालाई धरपकडले गर्दा गएको २–३ महिनादेखि सेयर बजारमा गिरावाट आइरहेको छ ।’

सरकारले लगानीकर्ताको विश्वास जितेर सेयरबजारमैत्री वातारण बनाए मात्रै अब बजारमा सुधार देखिने समेत उनले स्पष्ट पारे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतिएको छ । आज विकास बैंक र निर्जीवन बीमा समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.०८ र ०.३६ प्रतिशतले बढे ।

आज फाइनान्स समूह सर्वाधिक अर्थात ०.९१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३, होटल ०.७१, हाईड्रो ०.४२, लगानी ०.०८, जीवन बीमा ०.०९, उत्पादन तथा प्रशोधन ०.२९, लघुवित्त ०.२७, म्युचुअल फण्ड ०.५३, अन्य ०.१८ र व्यापार ०.५७ प्रतिशतले घट्यो ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज मकर जितुमाया सुरी हाईड्रोको सर्वाधिक कारोबार भयो । यो कम्पनीको आज ९० करोड ७ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिलायन्स स्पीनिङ मिल्सको १७ करोड ७१ लाख, सोलु हाईड्रोपावरको १३ करोड ७६ लाख, सुपर मादी हाईड्रोको १२ करोड ८५ लाख र रिडी पावर कम्पनीको १२ करोड २५ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरु मध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सर्वोत्तम पेन्ट्स र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै नाडेप लघुवित्तको सेयरमूल्य ६ प्रतिशत, एभरेष्ट कलरको ५.७१ र कालिञ्चोक हाईड्रोको सेयरमूल्य ५.५६ प्रतिशतले बढ्यो ।  

यो दिन धौलागिरी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १०.०७ प्रतिशतले घट्यो ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.