बुधबार, असार १७,२०८३ 07:52:03
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:52:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल

Laxmi Sunrise Bank Limited
९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.०८ अंकले घटेर २७१५.९१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज हाइड्रोपावर र अन्य उपसूचक मात्रै बृद्धि भएको छ भने बाँकी सबै उपसूचक घटेको छ । बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.५७ प्रतिशतले घटेको छ । आज ९ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा रिलायबल नेपाल लाइप्m रहेको छ । कम्पनीको सेयरभाउ २.१७ प्रतिशतले बढेर ५५९.९० रुपैयाँ पुगेको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, नेपाल रि को २.०७ प्रतिशत, सिटिजन लाइफको १.४९ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.४२ प्रतिशत, सगरमाथा लुम्बिनीको १.२२ प्रतिशत, एशियन लाइफको १.१६ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत, हिमालयन रि को ०.२५ प्रतिशत, शिखरको ०.२४ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९३ प्रतिशतले घटेर ६१० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, आरबीसीएलको १.६४ प्रतिशत, हिमालयन एभरेष्टको १.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५७ प्रतिशत, सन नेपाल लाइफको १.४९ प्रतिशत, नेशनल लाइफको १.४८ प्रतिशत, एलआइसी नेपालको ०.८० प्रतिशत, नेको इन्स्योरेन्सको ०.८० प्रतिशत, सुर्यज्योति लाइफको ०.४२ प्रतिशत, आइएमई लाइफको ०.४० प्रतिशत, नेपाल लाइफको ०.१३ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.११ प्रतिशतले सेयरभाउ घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.