बुधबार, असार १०,२०८३ 04:09:21
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:09:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.०६ प्रतिशत र निर्जीवन बीमा समूह ०.७२ प्रतिशतले घटेको छ। आज ४ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.८५ प्रतिशतले बढेर ८९० रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, रिलायबल नेपाल लाइफको ०.८८ प्रतिशत, आरबीसीएलको ०.२६ प्रतिशत र नेशनल लाइफको ०.१७ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने प्रभु इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.३७ प्रतिशतले घटेर एक हजार रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सिटिजन लाइफको ४.११ प्रतिशत, हिमालयन रि को ३.२१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.९० प्रतिशत, शिखरको १.४८ प्रतिशत, सानिमा जिआइसीको १.४५ प्रतिशत, नेपाल रि को १.४० प्रतिशत, हिमालयन लाइफको १.३७ प्रतिशत, सुर्यज्योति लाइफको १.२७ प्रतिशत, आइएमई लाइफको १.२५ प्रतिशत, युनाइटेड अजोडको १.२० प्रतिशत, एलआइसी नेपालको १.०१ प्रतिशत र गार्डियन माइक्रो लाइफको ०.८६ प्रतिशतले सेयरभाउ बढेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै सन नेपाल लाइफको ०.७४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.४१ प्रतिशत, नेपाल लाइफको ०.१५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.१० प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.