सोमबार, कार्तिक २,२०८३ 04:32:36
  • सोमबार, कार्तिक २,२०८३ 04:32:36
Global IME Bank Limited

लगातार ६ दिन घट्यो नेप्से, एउटाबाहेक सबै समूहमा रातो पोतियो

Bizshala
लगातार ६ दिन घट्यो नेप्से, एउटाबाहेक सबै समूहमा रातो पोतियो
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात २०.६८ अंकले घटेर २ हजार ७५१.४२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले घटेर ४५९.७६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ५० लाख ९४ हजार ९१५ कित्ता सेयर ८ अर्ब ३७ करोड ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

योसँगै बजार लागातार ६ दिन घटेको छ ।  

आजको बजारको विषयमा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालले बजारले लय समाति सकेका कारण लगानीकर्ता डराउनु पर्ने कुनै कारण नरहेको बताए । ‘सेयर बजारमा घटबढ हुनु सामान्य नै हो । धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरुलाई गरेको व्यवस्था पुरानै हो । तर लगानीकर्ताहरु बिनाकारण डराएर सेयर बेचिरहेका छन्,’ उनले भने ।  

अघिल्लो साता बढेको बजारमा करेक्सन आउनु स्वभाविक भएको पनि ढकालको तर्क रहेको छ ।  

त्यसैगरि, बजार जानकार अजय सिंह थापाले बजार लगानीकर्ताले अपेक्षा गरे भन्दा बढी घटेको बताए । ‘अघिल्लो साताहरुमा गभर्नरको बहिर्गमनको विषयले बजार बढेको थियो । तर यो साता इन्भेष्टमेन्ट कम्पनीहरुलाई धितोपत्र बोर्डले दर्ता हुन निर्देशन दिनु र राजाबादीहरुको प्रर्दशनको विषयले बजारमा थप गिरावट आएको छ, ’ उनले भने । यद्यपी बजारमा २७५० को विन्दुमा बलिया सपोर्ट रहेको उनको तर्क रहेको छ । यदि यो विन्दुभन्दा तल बजार बन्द भएमा भने केही समय बजारमा करेक्सनमा चल्न सक्ने पनि उनको विचार रहेको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये अन्य समूहबाहेक सबैमा रातो पोतियो । आज अन्य समूह ०.०८ प्रतिशतले बढ्यो ।  

म्युचुअल फण्ड समूह आज सर्वाधिक घट्यो । यो समूह आज ३.०६ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.४४ प्रतिशत,विकास बैंक ०.७३, फाइनान्स ०.७०,होटल ०.९९,हाईड्रो १.१६, लगानी १.५१, जीवन बीमा ०.४१,उत्पादन तथा प्रशोधन १.१५,लघुवित्त ०.६३,लघुवित्त ०.६३ र निर्जीवन बीमा समूह ०.६८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७३ करोड ५० लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ७३ करोड १७ लाख, एनएलजी इन्स्योरेन्सको ३४ करोड ९८ लाख,घलेम्दी हाईड्रोको ३३ करोड ४७ लाख र गार्डियन माईक्रो लाइफको ३० करोड ४२ लाख बढीको कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो ।  

यस्तै गार्डियन माइक्रो लाइफको सेयरमूल्य ८.७३ प्रतिशत,विन नेपाल लघुवित्तको ८.५३र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.०२ प्रतिशतले बढ्यो ।  

उपकार लघुवित्तको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ६.९८ प्रतिशतले ओरालो लाग्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.