सोमबार, कार्तिक २,२०८३ 04:33:34
  • सोमबार, कार्तिक २,२०८३ 04:33:34
Global IME Bank Limited

नेप्सेमा झिनो अंकको सुधार, ३ विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट

Bizshala
नेप्सेमा झिनो अंकको सुधार, ३ विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात ४.१९ अंकले बढेर २ हजार ६३०.७१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ४५१.४५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा स्क्रिप्टको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्,  ‘बजार अघि जाने ठाउँ खोजिरहेको छ तर बजारमा पुस मसान्तको दबाब परेको पनि हुन सक्छ । केही दिनदेखिको बजारको गिरावटलाई ३ हजारपछिको अन्तिम करेक्सनको रुपमा लिन सकिन्छ ।’

उनले आज बैंकिङ समूहमा सुधार आउनु सकारात्मक पक्ष भएको बताए ।‘यसले लगानीकर्ता कर्णाली बैंक जस्ता असुरक्षित कम्पनीबाट सुरक्षित कम्पनीतर्फ डाइभर्ट भईरहेको हुन सक्ने संकेत गरेको छ । गभर्नरको कार्यकाल पनि सकिनै लाग्दा लगानीकर्ताले नयाँ गभर्नरबाट नीतिगत परिवर्तनको अपेक्षा गरेका छन् ।’

अर्का बजार जानकार अर्जुन थापाले धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउँदा समेत राम्रो कामको थालनी नभईसकेकाले लगानीकर्तामा निराशा छाएको बताए । ‘यद्यपी सेयर  बजारमा सधैं निराशा मात्रै नछाईरहने भएकाले भविष्यमा बजारले गति लिन सक्नेछ ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक अर्थात २.३१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.८१ प्रतिशत,लगानी ०.२७ र लघुवित्त ०.१४ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.७० प्रतिशतले घट्यो । विकास बैंक समूह आज २.४८ प्रतिशत, होटल ०७८,हाईड्रोपावर १.२८,जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.०८,म्युचुअल फण्ड ०.२४,निर्जीवन बीमा ०.२६ र अन्य समूह ०.१६ प्रतिशतले घट्यो ।  

 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५० करोड ७७ लाख बढीको कारोबार भयो । जानकी फाइनान्सको आज २२ करोड ३९ लाख,सपोर्ट माइक्रोफाइनान्सको १५ करोड ३९ लाख,कुमारी बैंकको १४ करोड ८९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १३ करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो । गुराँस लघुवित्तको सेयरमूल्य आज ७.३२ प्रतिशत,प्रभु बैंकको ५.८६ र कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य ५.०५ प्रतिशत।ले बढ्यो ।  

यो दिन ३ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । कर्पोरेट डेभलपमेन्ट बैंक,नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । यस्तै जोशी हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.४४ प्रतिशतले ओरालो लाग्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.