शनिबार, फाल्गुन १०,२०८१ 10:13:39
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:13:39
IME remit
Global IME Bank Limited

११ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

Hyundai Nepal
११ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १७.८० अंकले बढेर २७७५.८५ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा उपसूचक १.५२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.५२ प्रतिशतले घटेको छ । आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा एलआइसी नेपाल रहेको छ । कम्पनीको सेयरभाउ ९.५९ प्रतिशतले बढेर १६०० रुपैयाँ पुगेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, सन नेपाल लाइफको ०.७८ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६५ प्रतिशत, एशियन लाइफको ०.५३ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.३६ प्रतिशत, आरबीसीएलको ०.३५ प्रतिशत, सानिमा जिआइसीको ०.१८ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.१४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.१२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.११ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने युनाइटेड अजोड रहेको छ । 

कम्पनीको सेयरभाउ २.३४ प्रतिशतले घटेर ६६९ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेको इन्स्योरेन्सको १.५९ प्रतिशत, हिमालयन एभरेष्टको १.४७ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.३६ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१५ प्रतिशत, सिटिजन लाइफको ०.८५ प्रतिशत, सुर्यज्योति लाइफको ०.५९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५० प्रतिशत, नेपाल लाइफको ०.४९ प्रतिशत, आइएमई लाइफको ०.४१ प्रतिशत, हिमालयन लाइफको ०.४० प्रतिशत, नेशनल लाइफको ०.२५ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.१२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.