बुधबार, असार १०,२०८३ 04:05:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:05:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

Laxmi Sunrise Bank Limited
५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । 

जीवन बीमा समूह १.०१ प्रतिशत र निर्जीवन बीमा समूह ०.४५ प्रतिशतले घटेको छ । आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९७ प्रतिशतले बढेर ४१९ रुपैयाँ पुगेको छ । त्यस्तै, शिखरको ०.३९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१५ प्रतिशत, सिटिजन लाइफको ०.५८ प्रतिशत, सूर्यज्योति लाइफको ०.२६ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । 

New Office
CG Motors
Garima Development Bank

नेपाल लाइफको सेयरभाउ २.२८ प्रतिशतले घटेर ७६०.८० रुपैयाँ र रिलायबल नेपाल लाइफको सेयरभाउ २.२० प्रतिशतले घटेर ४६७.५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, एशियन लाइफको १.०२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.३२ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.४४ प्रतिशत, हिमालयन लाइफको १.१९ प्रतिशत, आइएमई लाइफको १.२९ प्रतिशत, एलआइसी नेपालको ०.६२ प्रतिशत, नेशनल लाइफको ०.४० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०९ प्रतिशत, सन नेपाल लाइफको ०.३९ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०३ प्रतिशतले घटेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन एभरेष्टको १.३९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५९ प्रतिशत, नेको इन्स्योरेन्सको १.३३ प्रतिशत, एनएलजीको ०.४४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.०९ प्रतिशत, प्रभुको २.११ प्रतिशत, आरबीसीएलको १.३३ प्रतिशत, सानिमा जिआइसीको ०.७५ प्रतिशत, युनाइटेड अजोडको ०.९१ प्रतिशत, हिमालयन रि को ०.४९ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.१६ प्रतिशतले घटेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.