सोमबार, कार्तिक २,२०८३ 04:30:10
  • सोमबार, कार्तिक २,२०८३ 04:30:10
Global IME Bank Limited

आज पनि घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा अपरिपक्व लगानीकर्ता हाबी’

Bizshala
आज पनि घट्यो नेप्से, जानकार भन्छन्, ‘बजारमा अपरिपक्व लगानीकर्ता हाबी’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च९नेप्से० मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४० प्रतिशत अर्थात १०.९८ अंकले घटेर २ हजार ६७७.३२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४५०.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर ६ अर्ब ९६ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्,  ‘सेयर बजारका लागि अहिले अफ सिजर्न जस्तै हो । इतिहास पल्टाएर हेर्ने हो भने यो समयमा यसअघि पनि बजारमा खासै ठूलो उतारचढाव आएको देखिदैन । लगानीकर्ताको मनोबल बढ्न नसक्दा समेत आज बजार घट्न पुगेको छ । ’

पछिल्लो समय बजारमा अपरिपक्व लगानीकर्ताको संख्या धेरै भएको र नीतिगत कुराभन्दा अफवाहको पछि लाग्ने प्रवृत्तिका कारण बजारमा सुधार नदेखिएको उनले बताए । ‘यतिबेला बजारमा छोटो समयमै प्रतिफल खोज्ने लगानीकर्ता धेरै देखिन्छन् । बजारमा फैलिने विभिन्न अफवाहको प्रवाह लामो समयसम्म नरहने भएकाले बजारले घिट्टै गति लिन पनि सक्छ,’ उनले भने ।  

बजारमा सबै कुरा सकारात्मक नै भएको तर लगानीकर्तामा आत्मविश्वासको कमीका कारण सेयर होल्डिङ हुन नसकिरहेको समेत भट्टराईले बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेलले पनि बजारमा हाल साइडवेजमै चलिरहेको बताए । ‘बजारमा अझै केहि दिन करेक्सन फेज चल्न सक्छ । आउँदै गरेको मौद्रिक नीतिको समीक्षामा लगानीकर्ताले पूँजी बजारका लागि नीतिगत परिवर्तनको अपेक्षा गरेका छन्, ’ उनले भने ।  

उनले बजार साइडवेज चलेपनि डराईहाल्नु पर्ने अवस्था भने नरहेको बताए । समूहगत रुपमा भने लगानीकर्ताहरुले राम्रै आर्जन गरिरहेको उनले बताए ।    

यो दिन नेप्सेमा सूचीकृत २ वटा समूहमध्ये बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह ०.२३ र व्यापार समूह ०.१० प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.०७ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१७, विकास बैंक ०.२१, फाइनान्स १.२३, होटल ०.१७,हाईड्रो ०.७६,लगानी ०.४५,जीवन बीमा ०.६१,लघुवित्त ०.२७ र म्युचुअल फण्ड ०.१८ प्रतिशतले घट्यो । निर्जीवन बीमा समूह पनि ०.९१ अंकले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल रिपब्लिक मिडियाको सर्वाधिक सेयर कारोबार भयो । आज सिईडीबी होल्डिङ्ग्सको पनि १५ करोड ३८ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५३ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ४७ लाख र नेपाल पुनर्बीमा कम्पनीको १३ करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज न्यादी हाईड्रो र गार्डियन माइक्रो लाइफको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य ८.८४ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ५.७८ र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ४.६१ प्रतिशतले बढ्यो ।  

यो दिन बोटलर्स नेपाल(तराई) र उपकार लघुवित्तको सेयरमूल्यमा आज लोअर सर्किट लाग्यो । सुपर मादी हाईड्रोको सेयरमूल्य पनि आज ८.२४ प्रतिशत,सामुदायिक लघुवित्तको ८.१० र अपर लोहरे खोलाको सेयरमूल्य ६.२५ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.