आईतवार, असार १५,२०८२ 09:37:49
  • आईतवार, असार १५,२०८२ 09:37:49
Global IME Bank Limited

लगातार चार दिन घट्यो नेप्से, विकास बैंक समूहमा सर्वाधिक दबाब

Hyundai Nepal
लगातार चार दिन घट्यो नेप्से, विकास बैंक समूहमा सर्वाधिक दबाब
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेको गिरावट आजपनि जारी रहेको छ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । यससँगै नेप्से परिसूचक लगातार चौथो दिन घटेको छ ।  

आज नेप्से परिसूचक १.२० प्रतिशत अर्थात ३२.३८ अंकले घटेर २ हजार ६५५.९४ विन्दुमा सीमित बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२९ प्रतिशतले घटेर ४४६.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर ७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विष्णु भुसाल भन्छन्,  ‘ गभर्नरको नियुक्तीको समयमै हुन नसक्दा लगानीकर्तामा अझै अन्यौलता कायमै छ । यही कारण आजपनि बजारको गिरावट जारी रह्यो । गभर्नर नियुक्ति लागि गठित सिफरिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि गभर्नर नियुक्तिको विषय झन पेचिलो बन्दा बजारमा त्यसको प्रभाव परेको छ ।’

यद्यपी यो समय भने दीर्घकालका लागि लगानी गर्ने उपयुक्त समय भएको उनले बताए ।  

अर्का बजार जानकार नीमानन्द कंडेलले पनि गभर्नरको नियुक्तिमा ढिलाई हुँदा बजारमा अस्थिरता बढेको बताए । ‘यो सँगसँगै लगानीकर्ताले तीव्र नाफा बुक गर्दा समेत बजारमा करेक्सन आएको छ । प्रमुख प्रतिपक्ष दलका नेता विदेशमा रहेकाले पनि तत्कालै गभर्नर नियुक्तिको सम्भावना नरहेकाले लगानीकर्ता हतोत्साहित बनेका छन,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढ्यो । उत्पादन तथा प्रशोधन समूहमा आज ०.३९ अंकले बढ्यो ।  

विकास बैंक समूहमा आज सर्वाधिक गिरावट देखियो । यो समूह आज २.०९ प्रतिशत,बैंकिङ १.२३, फाइनान्स १.१४,होटल १.११, हाईड्रो १.७५,लगानी १.७९,जीवन बीमा ०.३३, लघुवित्त १.०२,निर्जीवन बीमा ०.९८,अन्य १.८३ र व्यापार समूह ०.४० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५८ करोड ४२ लाख बढीको सेयर कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज ५१ करोड ६३ लाख, ङादी ग्रुप पावरको ४१ करोड ९ लाख र सानिमा माई हाईड्रोपावरको ३५ करोड ८९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यो दिन राधी विद्युत कम्पनीको सेयरमूल्य ३.८० प्रतिशत र प्रभु महालक्ष्मी लाइफको सेयरमूल्य २.३९ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घटेर लोअर सर्किट लाग्यो । मकर जितुमाया सुरीको सेयरमूल्य पनि आज ५.५९ र नेपाल हाईड्रोको सेयरमूल्य ५.३८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.