बुधबार, असार १७,२०८३ 11:19:32
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:19:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज पनि दोहोरो अंकले घट्यो नेप्से, फाइनान्समा भने देखियो आकर्षण

Laxmi Sunrise Bank Limited
आज पनि दोहोरो अंकले घट्यो नेप्से, फाइनान्समा भने देखियो आकर्षण

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.५४ अंकले घटेर २ हजार ६३३.३९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४४१.५३ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८ अर्ब ९२ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘हिजो आजको करेक्सनले बजारमा अझै करेक्सन फेज नसकिएको देखिएको छ । अहिले बढ्ने सिजनमा समेत बजारले गति लिन सकेको छैन । बैंकिङ इन्डेक्सले बजारलाई सपोर्ट गर्न सकेको छैन ।’

उनले कोरोना कालपछि बजारमा ट्रेडिङ स्टकहरुको दबदबा रहेको बताए । जसका कारण लगानीकर्तामा विश्वासको कमी हुँदा बजारले खासै उचाई लिन नसकेको उनले बताए ।  

अर्का बजार जानकार दामोदर गजुरेलले बजारलाई आज कारोबारले सपोर्ट गरेको र स्मार्ट मनि बजार पसेको बताए । ‘ सेक्टर रोटेशन हुन नसक्दा हिजो आज बजारमा वृद्धि देखिएन । यद्यपी आज फाइनान्समा भने आकर्षण देखिएको छ’ उनले भने ।

गजुरेलले आज केही कम्पनीहरुमा नाफा बुक समेत भएको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ३.४६ प्रतिशतले बढ्यो । विकास बैंक समूह आज ०.७२ प्रतिशत,हाईड्रो ०.३५,उत्पादन तथा प्रशोधन ०.६७ र लघुवित्त ०.०४ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.८३ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.५५, होटल ०.५१,लगानी ०.७७,जीवन बीमा १.१०,म्युचुअल फण्ड ०.६४,निर्जीवन बीमा ०.६७ र अन्य १.६६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिन्धु विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २९ करोड ८३ लाख बढीको सेयर कारोबार भयो । सप्तकोशी डेभलपमेन्ट बैंकको आज २८ करोड १४ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ८९ लाख र माउन्टेन इनर्जीको २६ करोड ३६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज न्यादी हाईड्रोपावर,जानकी फाइनान्स,ग्रिन डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य पनि आज ८.२४ प्रतिशत,आशा लघुवित्तको ६.९४ र नेपाल फाइनान्सको ६.८९ प्रतिशतले बढ्यो ।  

सप्तकोशी डेभलपमेन्टका बैंकका लगानीकर्ताले आज सर्वाधिक गुमाए । यो कम्पनीको सेयरमूल्य आज ८.४६ प्रतिशतले घट्यो । उपकार लघुवित्तको सेयरमूल्य पनि आज ६.५०,धौलागिरी लघुवित्तको ५.८५ र नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य ५.४० प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.