बुधबार, असार १०,२०८३ 04:00:27
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:00:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, नेपाल इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ६.२४ अंकले घटेर २०७६ विन्दुमा कायम हुन पुगेको छ ।  

नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन वटा समूहमा हरियाली छाएको छ भने १० समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.०६ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा समूह भने ०.३१ प्रतिशतले घटेको छ ।  

आज जम्मा ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्नेमा प्रभु महालक्ष्मी लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.४० प्रतिशतले बढेर ५४४ रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सुर्यज्योति लाइफको २.११ प्रतिशत, सलिकोको ०.७३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४३ प्रतिशत र आरबीसीएलको ०.०५ प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९३ प्रतिशतले घटेर ८४९ रुपैयाँ ३० पैसा कायम भएको छ ।  

त्यस्तै, हिमालयन लाइफको १.१७ प्रतिशत, नेपाल रि को १.०९ प्रतिशत, शिखरको ०.८४ प्रतिशत, सानिमा जिआइसीको ०.८० प्रतिशत, सिटिजन लाइफको ०.७९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६६ प्रतिशत, सन नेपाल लाइफको ०.५९ प्रतिशत, आइएमई लाइफको ०.५१ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.५० प्र्रतिशत, हिमालयन रि को ०.४८ प्रतिशत र एलआइसी नेपालको ०.४४ प्रतिशतले सेयरभाउ घटेको छ ।  

यसका साथै एशियन लाइफको ०.३४ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.२४ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सको ०.१८ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा हिमालयन रि र सुर्यज्योति लाइफ परेको छ । हिमालयन रि को ८ करोड ६१ लाख रुपैयाँ र सुर्यज्योति लाइफको ६ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.