आईतवार, असार १५,२०८२ 09:11:06
  • आईतवार, असार १५,२०८२ 09:11:06
Global IME Bank Limited

दोहोरो अंकले घट्यो नेप्से, ‘सेबोनको नेतृत्व अन्यौलमा पर्दा थप दबावमा बजार ’

Hyundai Nepal
दोहोरो अंकले घट्यो नेप्से, ‘सेबोनको नेतृत्व अन्यौलमा पर्दा थप दबावमा बजार ’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात १७.०४ अंकले घटेर २०९५.२५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ प्रतिशतले घटेर ३७०.९३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्, ‘प्रायःआइतबार बजारमा बिक्री दबाव पर्ने गर्छ । अहिले सेयर धितो कर्जा सहज भएपनि कर्जा लिन आम्दानीको स्रोत पुगेको छैन । सहकारी र घरजग्गामा पनि ठूलो रकम फसेको छ । यी र यस्तै कारणले बजार चलायमान हुन सकिरहेको छैन ।’

नियमनकारी निकाय पनि बजारप्रति सकारात्मक नहुनु र अस्थिर सरकारको भयले पनि बजार बढ्न नसकिरहेको रिजाल बताउँछन् ।  

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आउने कुराले लगान्रीकर्ताको मनोबल बढेको थियो । तर अन्तर्वार्ताका लागि २ जनाले मात्रै उपस्थित भएको खबर आएपछि लगानीकर्ता निरुत्साहित बने ।’

गजुरेलको विचारमा अहिले पूँजी बजार राजनीतिको खिचातानी परेको छ । उनका अनुसार सत्ताधारी दुई शक्तिहरु बीचको जुँगाको लडाईले पूँजी बजारमा नकारात्मक प्रभाव पर्दा आज बजार घट्न पुगेको हो । पूँजी बजारका विकासका लागि बजारलाई राम्ररी बुझेको व्यक्ति बोर्डको अध्यक्ष पदमा आउनुपर्ने उनले माग गरे ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा मात्रै समूहमा हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो । आज होटल समूह मात्रै ०.०४ प्रतिशतले बढ्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो दिन लघुवित्त समूहमा सर्वाधिक अर्थात १.७१ प्रतिशतको गिरावट आयो । साथै आज बैंकिङ समूह ०.८५ प्रतिशत,विकास बैंक १.२०,वित्त ०.७४,हाईड्रो ०.२३,लगानी ०.८२,जीवन बीमा ०.३६,उत्पादन तथा प्रशोधन ०.९५,म्युचसअल फण्ड ०.१८,निर्जीवन बीमा ०.६३, अन्य १.१२ र व्यापार समूह ०.०९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ४० लाख बढीको सेयर कारोबार भयो ।  

त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड १९ लाख,ङादी ग्रुप पावरको १५ करोड २५ लाख,सिईडिबि हाईड्रोको १३ करोड २७ लाख र समृद्धि फाइनान्सको १३ करोड १ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । यो दिन शिवश्री हाईड्रोको सेयरमूल्य ८.१७ प्रतिशत,कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्य ७.३५ प्रतिशत र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ६.७१ प्रतिशतले बढ्यो ।  

आज भगवति हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो कम्पनीको सेयर्मूल्यमा आज नकारात्मक सर्किट लाग्यो । साथै आज समृद्धि फाइनान्सको सेयरमूल्य ६.११ प्रतिशत,ग्लोबल आइएमई लघुवित्तको ५.४९ र मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य ५.१६ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.