शनिबार, फाल्गुन १०,२०८१ 09:57:47
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:57:47
IME remit
Global IME Bank Limited

बैंकिङ समूहमा चमक आउँदा नेप्सेमा हरियाली, ‘असार मसान्तको दबाव कम हुँदैं’

Hyundai Nepal
बैंकिङ समूहमा चमक आउँदा नेप्सेमा हरियाली, ‘असार मसान्तको दबाव कम हुँदैं’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.८० प्रतिशत अर्थात १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले बढेर ३६१.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘केहि दिनदेखि घटिरहेको बजारमा लगभग करेक्सन सकिएको जस्तो देखिन्छ । मौद्रिक नीति पनि लचक आउने र संस्थागत लगानीकर्ताले हिसाब मिलानका लागि भएपनि बजार पस्दा आज नेप्से बढ्न पुगेको हो । प्राविधिक रुपमा पनि फिबोनासीको ०.६१ प्रतिशतबाट बजार फर्केको छ र २०५० विन्दुमाथि बजार बन्द भएको छ ।’

यसले अब २३८० विन्दुसम्मको लक्ष्य राख्न सकिने थापाले बताए ।  

अर्का बजार जानकार निमानन्द कंडेल भन्छन्,‘लगातार घटेको बजारमा सरकार परिवर्तनको हल्लाले आज बजार बढेको हुनसक्छ । प्राविधिक रुपमा बजार हेर्नेले पनि २०३० बाट बजार फर्कन्छ भनेका कारण पनि बजारमा सुधार आएको हो ।’

यसका साथे ठूलो सेयर कर्जा नभएको कारण पनि असार मसान्तको दबाव लगभग सकिदै गएको कंडेलले बताए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने २ वटा समूहमा मात्रै रातो पोतिएको छ । आज बैंकिङ समूहमा सबैभन्दा धेरै वृद्धि देखिएको छ । बैंकिङ समूह आज २.०४ प्रतिशतले बढ्यो । विकास बैंक समूह आज १.३१ प्रतिशत, होटल ०.८०, हाईड्रो ०.५९, लगानी ०.१०, जीवन बीमा ०.५३,लघुवित्त ०.३२,म्युचुअल फण्ड ०.५१, निर्जीवन बीमा ०.४९,अन्य ०.२० र व्यापार समूह ०.१५ प्रतिशतले बढ्यो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज वित्त समूह र उत्पादन तथा प्रशोधन समूहमा मात्रै गिरावट आएको छ । यी समूहहरु क्रमशः०.८३ र ०.२१ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १९ करोड १३ लाख बढीको सेयर कारोबार भयो । साथै आज एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८५ लाख, जानकी फाइनान्सको ९ करोड ७६ लाख र युनाइटेड इदी मर्दीको ८ करोड ४१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ९.७४ प्रतिशतले बढ्यो । यो दिन दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ८.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५२, अपर हेवा खोला हाईड्रोपावरको सेयरमूल्य ५.६६ प्रतिशतले बढ्यो ।  

नेपाल फाइनान्सको सेयरमूल्य आज १० प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो । मैलुङ खोला जलविद्युतको सेयरमूलय पनि आज ८.४४ प्रतिशत,स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.९७ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयरमुल्य ३.४३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.