सोमबार, कार्तिक २,२०८३ 04:31:07
  • सोमबार, कार्तिक २,२०८३ 04:31:07
Global IME Bank Limited

सेयर बजारमा गिरावट जारी, कारोबार २ महिनाकै न्यून

Bizshala
सेयर बजारमा गिरावट जारी, कारोबार २ महिनाकै न्यून
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३७ प्रतिशत अर्थात १०.१४ अंकले घटेर २ हजार ७०४.७० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२१ प्रतिशतले घटेर ४५३.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३१ वटा स्क्रिप्टको ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार विगत दुई महिनाकै न्यून हो । यसअघि गत पुस २८ गते ४ अर्ब ९९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘चैत महिना भनेको बजारका लागि अफ–सिजन जस्तै हो । सिजनमा पनि नबढेका कारण यो महिना पनि बजार साइडवेजनै रहन सक्छ ।’

वैशाखमा आउने कम्पनीहरुको तेस्रो त्रैमासिक प्रतिवेदनपश्चात भने बजारमा सुधार आउन सक्ने उनले बताए । उनले आज कारोबार घट्नुलाई लगानीकर्ताले बढेर खरिद गर्न नचाहेको र घटेर बेच्न नचाहेको रुपमा लिन सकिने बताए ।  

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बजारका केही खेलाडीले बजार घटाउन विभिन्न हत्कण्डा अपनाईरहेको बताए । खेलाडीहरुले सरकार परिवर्तन हुने जस्ता अफवाह फैलाएर बजार घटाएको उनले आरोप लगाए ।  

भोल्युम पनि ड्राई हुँदै गरेका कारण बजारमा छिट्टै रिभर्सल हुने समेत उनले दाबी गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ८ वटामा रातो पोतियो । आज एउटा समूह भने अपरिवर्तित रह्यो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.४४ प्रतिशतले बढ्यो । फाइनान्स समूह पनि आज ०.१२ प्रतिशत,होटल ०.१८ र लगानी समूह ०.१८ प्रतिशतले बढे । म्युचुअल फण्ड समूह आज अपरिवर्तित रह्यो ।  

व्यापार समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.३८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.२१ प्रतिशत, विकास बैंक ०.९२, हाईड्रो ०.२३,जीवन बीमा ०.५१,लघुवित्त ०.०१,निर्जीवन बीमा ०.०२ र अन्य समूह ०.५६ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४३ करोड ९३ लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमाको पनि आज ३० करोड ७४ लाख, महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५९ लाख र सिईडिबि होल्डिङ्ग्सको १८ करोड बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज राप्ती हाईड्रोको सेयरमूल्य ९.८६ प्रतिशतले बढ्यो । सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ८.०३ प्रतिशत,ग्रीन डेभलपमेन्ट बैंकको ५.३३ र मानुषी लघुवित्तको सेयरमूल्य ४.१३ प्रतिशतले बढ्यो ।  

महालक्ष्मी विकास बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ५.६३ प्रतिशतले घट्यो । घलेम्दी हाईड्रोको सेयरमूल्य पनि ४.५८ र विशाल बजार कम्पनीको सेयरमूल्य ३.७३ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.