सोमबार, कार्तिक २,२०८३ 04:36:06
  • सोमबार, कार्तिक २,२०८३ 04:36:06
Global IME Bank Limited

गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्, ‘कारोबारले भने साथ दिईरहेको छ’

Bizshala
गिरावटका साथ गर्‍यो नेप्सेले साताको सुरुवात, जानकार भन्छन्, ‘कारोबारले भने साथ दिईरहेको छ’
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६२०.३९ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४४१.४९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड १९ लाख ५ हजार ३११ कित्ता सेयर ९ अर्ब २४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘समग्रमा बजारमा कारोबार राम्रै देखिन्छ । लगानीकर्ता गभर्नरको नियुक्तिको प्रतिक्षामा छन् । गभर्नर सिफारिस समितिको बैठक बस्न नसक्दा पनि लगानीकर्ता निराश बनेका छन् ।’

बैंकको ब्याजदर घट्दो क्रममा रहेकाले लगानीको अन्य विकल्प पनि नरहेको पाठक बताउछन् । ‘हालै आएको सरकारको नीति तथा कार्यक्रम राम्रै छ । सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने विषय बैंकहरुका लागि उत्तम भएको र यसले बैंकको वितरणयोग्य नाफा बढ्ने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार सुमन कुमार रिजालले पनि लगानीकर्ता गभर्नर नियुक्तिको प्रतिक्षामा रहेकाले बजार साइडवेज चलेको बताए । उनले बजारलाई कारोबारले भने साथ दिएको र बजार बढ्ने सिजन भएकाले सबै विषय सकारात्मक बन्दै गएमा बजार बढ्ने दाबी गरे ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक बढ्यो। यो समूह आज ०.७३ प्रतिशतले बढ्यो ।  

यस्तै आज बैंकिङ समूह ०.२७ प्रतिशत, होटल ०.२०,निर्जीवन बीमा ०.३७ र व्यापार समूह ०.४२ प्रतिशतले बढ्यो ।  

फाइनान्स समूह आज सर्वाधिक अर्थात १.३५ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४५ प्रतिशत,हाईड्रो ०.२४,लगानी ०.९४, जीवन बीमा ०.३४,लघुवित्त ०.०१,म्युचुअल फण्ड ०.३७ र अन्य समूह ०.०४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड ४८ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ५५ करोड १४ लाख,राधी विद्युत कम्पनीको ५१ करोड ४६,एनआरएन इन्फ्रास्ट्रक्चरको ५० करोड ५६ लाख र अपि पावरको ३९ करोड ४५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ,ओम मेगाश्री फर्मास्युटिकल्स र अपर सोलु हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

सपोर्ट माइक्रोफाइनान्सको सेयरमूल्य पनि आज ८.८१ प्रतिशत, समाज लघुवित्तको ७.६७ र रिडी पावरको सेयरमूल्य ५.८५ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ७.९५, सप्तकोशी डेभलपमेन्ट बैंकको ६.७१ र बलेफी हाईड्रोपावरको सेयरमूल्य ५.८९ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.