सोमबार, कार्तिक २,२०८३ 04:35:01
  • सोमबार, कार्तिक २,२०८३ 04:35:01
Global IME Bank Limited

नेप्सेमा ३३.३३ अंकको गिरावट, सबै समूह राताम्मे

Bizshala
नेप्सेमा ३३.३३ अंकको गिरावट, सबै समूह राताम्मे
New Office

काठमाण्डौ । आइतबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा आज गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.२३ प्रतिशत अर्थात ३३.३३ अंकले घटेर २ हजार ६७०.०६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले घटेर ४४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड १४ हजार ८८६ कित्ता सेयर ५ अर्ब ६५ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘आज राष्ट्र बैंकमा गभर्नर नियुक्त हुने आशा गरेका लगानीकर्ता त्यस्तो नहुने भएपछि निराश बन्दा बजारमा आज गिरावट आएको हो । यसका साथै सरकारको काम कारवाहीप्रति पनि लगानीकर्ता सन्तृष्ठ नभएकाले खेलाडीले चलाएका एकाध कम्पनीबाहेक अन्यको सेयरमूल्यमा तीव्र गिरावट देखिएको छ ।’

प्राविधिक रुपमा पनि करेक्टिभ वेब चलिरहेकाले वैशाख महिनामा पनि सेयरबजारमा खासै सुधार नदेखिने थापाको तर्क छ ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि राजनीतिक अन्यौलता र समयमै गभर्नर नियुक्त नहुँदा सेयर बजारमा गिरावट आएको बताए । यसका साथै अहिले चैत महिनाको अन्तिम साता भएकाले आज बजारमा क्लोजिङको पनि दबाब परेको हुनसक्ने उनको आँकलन छ । केही दिनमा गभर्नर नियुक्त भएसँगै भने आगामी सातादेखि बजार सम्हालिन सक्ने उनले विश्वास व्यक्त गरे ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात ३.३० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.९० प्रतिशत, विकास बैंक १.२६,फाइनान्स २.०६, होटल १.३१, हाईड्रो १.२७,लगानी १.४२,जीवन बीमा ०.८१,उत्पादन तथा प्रशोधन १.३५,लघुवित्त १.०४,म्युचुअल फण्ड ०.०७,निर्जीवन बीमा १.२७ र अन्य समूह ०.५१ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५० करोड ३६ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको ४३ करोड २१ लाख,नेपाल पुनर्बीमाको ३३ करोड १७ लाख, राधि विद्युतको २८ करोड ३९ लाख र हिमालयन पावर पार्टनरको २१ करोड ४० लाख बढीको सेयर कारोबार भमयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्य अपर सर्किट लागेन । बुटवल पावर कम्पनीको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.७५ प्रतिशतले घट्यो । बाराही हाईड्रोपावरको सेयरमूल्य पनि आज ४.७९ प्रतिशत,कुमारी सबल योजनाको ४.६० र नबिल डिबेञ्चर २०८७ को मूल्य २.८७ प्रतिशतले घट्यो ।  

यो दिन अपरहेवा खोलाको सेयरमूल्य सर्वाधिक अर्थात ९.०९ प्रतिशतले घट्यो । हिमालयन पावर पार्टनरको सेयरमूल्य ४.३२ र समृद्धि फाइनान्सको सेयरमूल्य ४.०१ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.